वरिष्ठ पत्रकार शर्मालाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार


प्रकाशित मिति :2019-12-29 22:25:39

-महिला खबर-

ललितपुर । वरिष्ठ पत्रकार तथा संचारिका समूहका निवर्तमान अध्यक्ष निर्मला शर्मालाई हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । यो पुरस्कार पाउने शर्मा पहिलो पत्रकार महिला हुन् ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा शपथग्रहण कार्यक्रममा नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले शर्मालाई नगदसहित प्रमाण प्रदान गरेका थिए ।

यस्तै सोही कार्यक्रममा अग्नि शिखा पत्रकारिता पुरस्कार प्रमोदकुमार सिंह (दाहाल) लाई प्रदान गरिएको छ ।

यसैगरी वीरेन्द्रकुमार साह क्रियाशील युवा पत्रकारिता पुरस्कार राजु अधिकारी (झापा), बसन्तप्रताप सिंह (बझाङ) र सुभद्रा प्याकुरेल (सुनसरी), डेकेन्द्र थापा पत्रकारिता पुरस्कार, सुशिल अर्याल (गोरखा), दिपक रिजाल (धादिङ) र मिना बुढाथोकी (सल्यान) लाई प्रदान गरिएको छ ।

यसैगरी पद्मलक्ष्मी–सावित्री बस्नेत पत्रकारिता पुरस्कार दमन राई(खोटाङ), युनिकबिफा घिसिङ (रामेछाप) र रबिना बोहोरा (बागलुङ) लाई प्रदान गरिएको छ ।

यी सबै पुरस्कार तत्कालिन प्रेस चौतारी नेपालले गत वर्ष घोषणा गरेको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: