यू–ट्युबलाई कसरी लैंगिकमैत्री बनाउने ?


प्रकाशित मिति :2019-12-30 12:20:19

–महिला खबर–

ललितपुर । यू–ट्युबलाई कसरी लैंगिकमैत्री बनाउन सकिन्छ भन्ने बारेमा काठमाडौंमा छलफल भएको छ ।

नेपाल दूरसंचार प्राधिकरणको सहयोगमा संचारिका समूहले आयोजना गरेको कार्यक्रममा यू–ट्युब संचालक, प्रस्तोता, पत्रकार, अधिकारकर्मी बीच पहिलो पटक यू–ट्युब लैंगिकमैत्री नहुदा त्यसले पारेको असर विषयमा छलफल भएको संचारिका समूहकी महासचिव बिमला तुम्खेवाले बताइन् ।

कार्यक्रममा नेपालमा यू–ट्युबको बजार, त्यसले उठाउने गरेका विषयवस्तु र के गर्दा यू–ट्युबलाई लैंगिकमैत्री बनाउन सकिन्छ भन्ने बारेमा वरिष्ठ पत्रकार तथा राष्ट्रिय सूचना आयोगका आयुक्त तथा प्रवक्ता यशोदा तिम्सिनाले कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

Image may contain: 3 people, including Yashoda Timsina, people sitting and indoor

कार्यपत्र प्रस्तुत गर्दै आयुक्त तिम्सिनाले सस्तो लोकप्रियता र यू–ट्युबका दर्शक बढाउनका लागि कसैको जीवनसंग खेलवाड नगर्न यू–ट्युब प्रस्तोताहरुलाई आग्रह गरिन् ।

आयुक्त तिम्सिनाले महिलालाई बिकाउ र वस्तुको रुपमा प्रस्तुत गर्नु पाप हो भन्दै केही गर्नु अघि त्यसको सकारात्मक तथा नकारात्म पाटोको विषयमा गम्भीर भएर सोच्नुपर्ने बताइन् । “यू–ट्युबमा महिलाको बारेमा कुनै विषय राख्नु अघि एकपटक आफ्नै आमा, दिदीबहिनी, छोरी, भतिजीहरुको अनुहार सम्झिनुस् । यो विषयका पात्र मेरा आफ्नाहरूहुन्थे भने मैले के गर्थे ? मेरा आफन्तले यो विषयलाई हेर्न र सुन्न सक्छन् कि सक्दैनन् ? मैले उठाएका कुरा समाजको उन्नतिका लागि कति फलदायी छन् ? यत्ति कुरा विचार गरेर विषय उठान गरिदिनुस्” आयुक्त तिम्सिनाले केही दृष्टान्तहरूसुनाउदै थपिन्, “आफू परिवर्तन नहुने तर अरु कसैले परिवर्तन गरिदेओस् भन्ने सोचबाट ग्रसित मान्छेहरुका कारण परिवर्तन ढिलो भएको हो ।”

कार्यक्रममा बोल्दै वरिष्ठ पत्रकार बबिता बस्नेतले व्यक्तिगत सम्बन्ध, व्यक्तिका नीजि मामिला, महिला तथा बालिकालाई थप चोट पुग्ने, जातिय अपमान हुने लगायत सामाजिक र लैंगिक विषयको उठान गर्दा अत्यन्त संवेदनशील हुनुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

Image may contain: 7 people

उनले भेट्ने–छुट्ने, माया गर्ने घृणा गर्ने, गाली गर्ने प्रशंसा गर्ने, हाँस्ने रुने माध्यम नै इन्टरनेट भइसकेको अवस्थामा त्यसको सही सदुपयोग हुन सके समाजको उन्नति र प्रगति पनि टाढा नहुने बताइन् ।

नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपालमा इन्टरनेटको जननी भित्र्याउने नेपाल नेपाल दूरसंचार प्राधिकरणले त्यसले पार्ने नकारात्मक असर कम गर्न पनि कम्मर कसेर लागेको बताए ।

उनले गत वर्षदेखि प्राधिकरणले नेपालमा सात सय भन्दा बढी अश्लील साइटहरूबन्द गराएको भन्दै प्राधिकरण अझै पनि त्यो अभियानमा रहेको बताए । लैंगिक वा अरु कुनै खालका हिंसालाई बढावा दिने यू–ट्युब च्यानल छन् भने त्यस विरुद्ध उजुरी दिन उकास्दै उनले भने, “हिंसा फैलाउने च्यानल विरुद्ध नेपाल दूरसंचार प्राधिकरण र प्रेस काउन्सिल नेपालमा उजुरी दिनुस् । हामी बन्द गराइदिन्छौं । कानून नमान्ने हक कसैलाई छैन ।”

संचारिका समूहकी उपाध्यक्ष कमला पन्थीले नेपालमा यू–ट्युब दर्शकको संख्या ठूलो भएकोले यू–ट्युब संचालक र प्रस्तोताले विषय वस्तुको प्रस्तुतिमा ध्यान दिन जरुरी भएको बताइन् ।

Image may contain: 5 people, including Babita Basnet, Kamala Panthi, Yashoda Timsina and Bimala Tumkhewa, people smiling, people sitting and indoor

Image may contain: 4 people, including Kamala Panthi, Yashoda Timsina and Babita Basnet, people sitting and indoor

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: