गर्भवती हुनुभएकोमा बधाई !


प्रकाशित मिति :2019-12-30 12:30:25

–महिला खबर–

ललितपुर । इटहरी उपमहानगरले पहिलो पटक गर्भ जाँच गराउन आउने प्रत्येक महिलालाई शुभकामना तथा बधाई कार्ड दिने भएको छ । उपमहानगरले गर्भवतीलाई ‘तपाईं गर्भवती हुनुभएकोमा बधाई तथा शुभकामना’ लेखिएको कार्ड दिन लागेको हो ।

कार्डको पछाडी पट्टि भने गर्भावस्थामा के गर्ने, के नगर्ने, केकस्ता सावधानी अपनाउनुपर्छ भन्ने जानकारी उल्लेख गरिने छ ।

यसैगरि महानगरले विवाह दर्ता गर्न आउने प्रत्येक दम्पतिलाई समेत दाम्पत्य जीवनको शुभकामना उल्लेखित कार्ड दिने छ । कार्डको पछाडि सन्तानको चाहाना राख्दा अपनाउनुपर्ने सावधानी र अपाङ्गता हुन नदिन के गर्नुपर्छ ? भन्ने जानकारी लेखिएको हुने छ ।

इटहरीमा माघ १ गतेदेखि सुरु हुन लागेको तीन वर्षे अपाङ्गता रोकथाम तथा पूनस्र्थापना कार्यक्रम अन्र्तगत कार्ड दिइने भएको महानगरले जनाएको छ ।

यो कार्यक्रम अन्र्तगत इटहरीका सबै महिला स्वास्थ्य स्वयंसेविकालाई एक एक वटा मोबाइल प्रदान गरिने छ । उनीहरुले प्रत्येक गर्भवतीको अनलाइन दर्ता गराउने छन् । सिस्टमले नै गर्भ जाँच गराउने जानकारी दिने छ र महिला स्वयंसेविकाहरुले जाँच गराउन उत्प्रेरित गर्ने छन् ।

गर्भअवस्थादेखि नै अपाङ्गता हुन रोक्न यस्तो अभियान सुरु गरिएको उपमहानगर प्रमुख द्ववारिकलाल चौधरीले बताए ।

सुत्केरी पछि ५४ घण्टा, तीन दिन र सात दिनभित्र बोक्न मिल्ने अल्ट्रासाउण्ड मेसिनसहित सहजकर्ताहरुले घरमै पुगेर सुत्केरी महिलाको स्वास्थ्य जाँच गर्ने छन् ।

सामाजिक विकास मन्त्रालय, इटहरी उपमहानगर र करुण फाउण्डेसनको त्रिपक्षीय लगानीमा सो कार्यक्रम संचालन हुने छ । कार्यक्रम अन्र्तगत अपाङ्गता हुनै नदिन रोकथामका कार्यक्रम, अपाङ्गता भएकाहरुलाई पूनस्र्थापना र सहयोग तथा क्षमता अभिवृद्धि गरि आत्मनिर्भर बनाउने कार्यक्रमहरू संचालन गरिने छ ।

आइतबार इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरी र करुणा फाउण्डेसनका सहनिर्देशक योगेन्द्र गिरीले चार करोड ३६ लाख १४ हजार ७० रुपियाँको सम्झौता पत्रमा हस्ताक्षर गरे ।

करुणा फाउण्डेसनका वरिष्ठ कार्यक्रम ब्यवस्थापक कमल कोइरालाका अनुसार इटहरीका सबै अपाङ्गता भएकाहरुको तथ्यांक संकलन गरि प्रोफाइल तयार गरिने छ । उनीहरू के चाहन्छन् ? लक्ष्य निर्धारण गरि सोही अनुरुपको क्षमता अभिवृद्धिका तालिमहरू पनि संचालन गरिने छ ।

सबै टोलमा अपाङ्गता भएकाहरुको समूह, वडा र पालिका स्तरीय समिति गठन गरिने छ । समितिमार्फत क्षमता अभिवृद्धि गरि विभिन्न संघ संस्था, सहकारीको नेतृत्वमा पुग्न अभिप्रेरित गरिने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: