लैंगिक उत्तरदायी बिपत् व्यवस्थापनमा सरोकारवालाको भूमिका


प्रकाशित मिति :2019-12-31 13:11:14

–महिला खबर–

ललितपुर । कानुनी सहयोग तथा परामर्श केन्द्र (ल्याक) ले लैंगिक उत्तरदायी बिपत् व्यवस्थापनमा सरोकारवालाको भूमिका सम्बन्धी नीति संवाद कार्यक्रमा गरेको छ ।

२०७२ सालको भूकम्प पछि नेपाल सरकारले बिपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन ऐन, २०७४ अन्तर्गत बिपत् व्यवस्थापनको लागि हरेक जिल्ला, गाउँपालिका र नगरपालिकामा स्थानीय बिपत जोखिम व्यवस्थापन समिति गठन गरेको अवस्थामा लैंगिक उत्तरदायी बिपत् व्यवस्थापनमा सरोकारवालाको भूमिका के हुनुपर्छ भनेर कार्यक्रम गरिएको ल्याकका अध्यक्ष अनिता न्यौपाने थपलियाले जानकारी दिइन् ।

कार्यक्रममा बिपत् व्यवस्थापनको क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधि, अधिकारकर्मी, नीतिगत तहमा काम गरिरहेका व्यक्तित्व, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

ल्याकले बिपत् व्यवस्थापनको आवश्यकतालाई सम्बोधन गर्न र स्थानीय सरकारी निकायहरूको क्षमता निर्माण गर्न, (‘Legal Desk’ for addressing post earthquake cases of gender based violence and marginalized communities) परियोजना मार्फत सन् २०१६ साल देखि American Jewish World Service को सहयोगमा काम गरिरहेको अध्यक्ष न्यौपानेले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: