गृहकार्य नगरेको भन्दै विद्यार्थी बालकमाथि निर्घात कुटपिट


प्रकाशित मिति :2020-01-05 13:08:37

रूपन्देही । गृहकार्य नगरेको भन्दै रूपन्देहीमा शिक्षकले एक विद्यार्थी बालकमाथि निर्घात कुटपिट गरेका छन् । कुटाइबाट उनको आँखामा चोट लागेको छ ।

सम्मरीमाई गाउपालिका–६ को ज्ञानदीप बोर्डिङ्ग स्कुलमा कक्षा ५ मा अध्ययरत तौफिक धुनिया गृहकार्य नगरेको भन्दै शिक्षक शैलेन्द्र बरईबाट निर्घात कुटिएका हुन् ।

कुटाइबाट १० वर्षीय बालक धुनियाको बाँया आँखामा गम्भीर चोट लागेको छ । धुनियाका हजुरबुवा मोहम्मद हुसेनले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा ल्याइएको बताए ।

तर, ज्ञानदीप बोर्डिङ स्कुलका प्राचार्य सुरेन्द्र बरईले भने विद्यार्थीमाथि कुटपिट नभएको दाबी गरे। ‘धुनिया शिक्षकको कुनै पनि कुरा मान्दैनथे । अटेरी गरी गृहकार्य नगरेको कारण उनलाई सामान्य तर्साउनु भएको हो । कुट्नु भएको छैन’, प्राचार्य बरईले भने ।

शिक्षकबाट आफ्नो सन्तान निर्घात कुटिए पनि प्रहरीले उजुरी लिन नमानेको गुनासो परिवारका सदस्यले गरेका छन् । तौफिक कुटिएपछि संलग्नमाथि कारबाही माग गर्दै इलाका प्रहरी कार्यालय मर्चवारमा पुगे पनि दर्ता नभएको परिवारको भनाइ छ ।

तर, मचर्चवारका कार्यालयका प्रमुख प्रहरी निरीक्षक पोषणराज ढकालले प्रक्रिया नर्पुयाइ उजुरी आएकाले दर्ता नगरिएको बताए । घाइतेको उपचारमा ध्यान दिन र प्रक्रिया र्पुयाएर उजुरी दिन आफूले आग्रह गरेको उनले जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: