प्रलोभनमा पारी महिलालाई भारत लैजाने २ पक्राउ


प्रकाशित मिति :2020-01-05 13:14:56

सर्लाही । प्रलोभनमा पारी महिलाहरुलाई भारततर्फ लादै गरेको अवस्थामा मलंगवा नगरपालिका ८ बाट २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली कमलामाई गाउँपालिका-४ बस्ने १९ वर्षीय जय बहादुर खत्री सार्की र रामेछाप दोरम्बा गाउँपालिका-५ घर भइ काठमाडौं सतुङगल बस्ने २६ वर्षीया अमृता श्रेष्ठ अमृता श्रेष्ठ रहेका छन् । ४ जना महिलाहरुलाई भारतमा काम लगाई दिन्छु भनी विभिन्न प्रलोभन देखाई भारततर्फ लादै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गर्नुका साथै ती महिलाहरुको प्रहरीले उद्दार समेत गरेको हो ।

उनीहरु उपर मानव बेचबिखन तथा ओसार पसार मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले सर्लाहीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: