शुरू भयो खरको छाना बिस्थापित अभियान


प्रकाशित मिति :2020-01-06 11:40:48

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार देशभरका खरका छाना विस्थापित गर्ने अभियानमा लागेको बताएकी छन् । सुरक्षित जनता आवास निर्माणका लागि यो अभियान शुरु गरिएको उनको भनाइ छ ।

खरको छाना विस्थापित गर्ने अभियान अन्तर्गत स्याङ्जाको वालिङमा खरका छाना भएका जनतालाई चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्दा गरिबी निवारण भएको बताइन् । मन्त्री अर्यालले भनिन्, “सरकार सन् २०३० सम्म नेपालमा गरिबी निर्मूल पार्ने अभियानमा लागेको छ । त्यसैको शुरुआत सुरक्षित जनता आवासका लागि पहिलो किस्तामा ३० हजारको चेक हस्तान्तरण गरेका हौं ।’

जनताको जीवनको सुरक्षाका लागि सरकारले उक्त कार्यक्रम ल्याएको भन्दै मन्त्री अर्यालको नेपालमा १८ प्रतिशत गरिबी रहेको र त्यसको निर्मूल पारिने बताइन् ।

खरका छानामा छिटो आगलागी हुने भन्दै यस आर्थिक वर्षमा दुई सय ५० घरपरिवारका खरका छाना विस्थापित गरिने मन्त्री अर्यालको भनाइ छ ।

स्याङ्जाको वालिङ, गल्याङ, चापाकोट, भिरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरि पाँचवटा पालिकाका दुई सय ५० खरका छाना हटाइने अर्यालले बताइन् । स्याङ्जा क्षेत्र नम्बर २ का पाँच पालिकामा यस वर्ष दुई सय ५० घरपरिवारलाई ५० हजारका दरले दुई किस्ता गरि रकम दिइनेछ । बाँकी रहेका खरका छानाको लगत संकलन गरि पुन यसरी नै खरका छाना हटाइनेछ ।

मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा यस वर्ष दुई सय ५० घरपरिवारमा टिनका छाना लगाउने अभियानको थालनी गरेकी हुन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: