विद्यार्थी बालक कुट्ने शिक्षक पक्राउ


प्रकाशित मिति :2020-01-06 12:18:59

–महिला खबर–

ललितपुर । गृहकार्य नगरेको भन्दै विद्यार्थी कुट्ने शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । रूपन्देही सम्मरीमाई गाउँपालिका–६ मर्चवारमा मोहम्मद देवानलाई कुट्ने शिक्षक शैलेन्द्र बराई पक्राउ परेका हुन् ।

ज्ञानदीप बोर्डिङ स्कूलमा पढाउने शिक्षक बराईले कक्षा ५ मा पढ्ने तौफिक धुनियाँलाई होमवर्क नगरेको भन्दै गत बुधबार लठ्ठीले हानेका थिए।

कुटपिट गर्ने शिक्ष्ँकलाई कानूनी कार्वाहीको माग गर्दै आइतबार बालकका अभिभावकले हुलाकमार्फत उजुरी दिएपछि शिक्षक बराईलाई आइतबार मर्चवा इलाका प्रहरी कार्यालयले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्ग खत्रीले जानकारी दिए।

देवनले सो दिन कापी लिन बिर्सेपछि शिक्षकले उनीमाथि जथाभावी रुपमा लठ्ठीले हानेका थिए। शिक्षकको लठ्ठी छेक्ने क्रममा उनको दाँया आँखामा चोट लागेको थियो।

बालबालिकासम्बन्धीको कसुर ऐन २०७५ अन्तर्गत घर विद्यालय वा जुनसुकै स्थानमा शारीरिक र मानसिक दण्ड दिने अनैतिक व्यवहार गर्नेलाई करिब एक वर्ष जेल सजाय र ५० हजारसम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: