छाउगोठमा भाइबुहारीको मृत्यु भएपछि पक्राउ परेका जेठाजु धरौटीमा रिहा


प्रकाशित मिति :2020-01-08 12:11:53

–महिला खबर–

ललितपुर । भाइबुहारीलाई छाउगोठमा राखेका कारण मृत्यु भएको भन्दै पक्राउ परेका अछामका छत्र रावत धरौटीमा रिहा भएका छन् ।

साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्देश्वरकी २१ वर्षीया पार्वती बुढा रावतको महिनावारी भएका बेला मंसिरको दोस्रो साता राति छाउगोठमा निधन भएपछि प्रहरीले घटना अनुसन्धानका लागि भन्दै उनका जेठाजु छत्र रावतलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी दिपक भारतीका अनुसार रावतलाई चार दिन अघि १५ हजार धरौटीमा रिहा गरिएको हो ।

मृतक पार्वतीका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा भारतमा रहेको र सासूससुरा पनि घरमा नभएकाले घरको तत्काल अभिभावक रहेका आधारमा प्रहरीले जेठाजुलाई पक्राउ गरेको थियो ।

पशुपती कुँवर

पशुपतीले दिएकी थिइन् जाहेरी

मुलुकी अपराध संहिता लागु भइसकेको अवस्थामासमेत त्यसको कार्यान्वयन नहुँदा महिलाको अकालमै ज्यान जाने काम नरोकिएको भन्दै छाउपडी प्रथा विरुद्ध दुई दशकभन्दा लामो समयदेखि क्रियाशील अभियन्ता पशुपती कुँवर लगायतले प्रहरीमा जाहेरी दर्ता गरेपछि छत्रलाई पक्राउ गरिएको थियो ।

कुँवर अछामको साँफेबगर नगरपालिका निवासी हुन् । उनले आफ्नै ठाउँमा छाउगोठमा महिलाको मृत्यु भएको घटना विरुद्ध कानूनी न्याय नखोज्दा आफूलाई बाँचुञ्जेल पिरोल्ने भएकाले पार्वतीको न्यायका लागि जाहेरी दर्ता गरेको बताइन् ।

मुलुकी अपराध संहिताको दफा १६८ को उपदफा ३ मा महिलाको रजश्वला भएको वा सुत्केरी अवस्थामा छाउपडी गोठमा राख्न वा कुनै किसिमका भेदभाव, छुवाछुत र अमानवीय व्यवहार गर्नु गराउनु हुँदैन भनिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: