नेपाल अब छाउगोठ मुक्तः मन्त्री गुरुङ


प्रकाशित मिति :2020-01-08 12:22:22

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’ बनाउने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरि सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीति ल्याउने योजना रहेको बताए ।

मंगलबार काठमाडौं आयोजित छाउगोठ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले छाउगोठ मुक्त नेपाल बनाउन आवश्यक सुझाव दिन पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरूलाई आग्रह गरे ।

‘सामाजिक कुरीतिको रुपमा रहेको छाउगोठ उन्मुलन हुने गरि सरकारले छिट्टै आवश्यक नीति ल्याउनेछ, “मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सबै खालको सुझाव दिन म सम्बन्धित जिल्लाका सांसद, सरोकारवाला निकाय सबैलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले छाउगोठ मुक्त समाजनिर्माणका लागि सरकारले महिनावारी सम्बन्धि नीति छिट्टै ल्याउने गरि तत्काल कार्य दल गठन गर्न लागेको पनि जानकारी दिए ।

कार्यक्रममा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सामाजिक कुरीतिको रुपमा रहेको छाउगोठ अन्त्य गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यक्ता औंल्याइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: