एउटी ‘आईमाई’का पोईहरू


प्रकाशित मिति :2020-01-08 12:45:20

–दीपा एवाई–

सुन्दर मेरो पोईले धेरै गुलियो खाएर
मधुमेह भयो
असल मेरो पोईले बढी रक्सी खाएर
दुबै किड्नी खराब बनायो
हट्टाकट्टा मेरो पोईले
जब माछा मासुको
मसलादार सेकुवा र करी खाएपछि
कुरा अर्कै भयो
चिल्लो चिप्लोले
उसको रक्तचाप बढ्यो
यो नै उसको रोग भयो ।

एक दिन बार्दलीमा बसेर हुक्का तानिरहँदा
आकस्मिक बढेको रक्तचापले दिमागमै हानेछ
र, पक्षघात भयो
कोमामा गएको भोलिपल्ट नै
सुन्दर मेरो पोईले दम तोडिदियो ।

जुन दिन
सुन्दर मेरो पोईको देह लिला समाप्त भयो
ठ्याक्कै त्यसै रात
मेलै अनौठो सपना देखेँ ।

एउटा मन्चमा म खडा थिएँ
र त्यहाँ थिए
हजारौं लाखौंका पोईहरू
जो अबका मेरा सम्भावित पोईहरू हुनेछन्
र,
ति पोईका स्वास्नीहरूले
उनीहरूको पोई खोसिदिन्छन् कि भनी
शंकाका आँखाले
मलाई घोच्न सुरू गरि हाले
तिनै आईमाईका पोईहरूलेचाहिँ
पोई नभएको
मलाई पोई चाहिएको छ भनी
खुसुक्क
एकदमै जोडले
मेरो शरीरभरी चिमोटन्न शुरु गरे ।

सुन्दर मेरो पोई मरेपछि
आँखा बन्द गर्न नहुने भयो
आँखा बन्द गर्नासाथ सपना देखिहाल्थें
तारे भिरको काँप काँप हिँड्दै गरेको ।

आँ ! कसरी हाउ !!
खुट्टा चिप्ली गएको
र, पनि
कसरी हो कसरी ?
चरा जतिकै तेजÞ पो उडी गएछु ।

जुन दिन सपनामा उडें
त्यसपछि म उडेको उडेकै भएँ
त्यही तारे भिरको टुप्पामा पुग्नलाई ।

जति जति उड्थें
उति उति मान्छेहरूका किरिङ मिरिङ
आवाजहरू आउदै गरेका सुनिन्थे
त्यो मलाई नै बोलाईएको हुन्थ्यो
अनेक कली पुरुषहरूका नामबाट
मलाई नै बोलाईन्थ्यो ।

उनीहरूका आँखाका तीरले ताकेर मलाई नै घोचिरहन्थे
उनीहरूका स्वास्नी भन्थे
कट्टु आलोचनाका हाँसोका फोहोरा छुटाउथे ।

यी सस्ता पोईहरू मध्ये कस कसको हो –म स्वास्नी ?

जीउदो लोग्नेका विधवाहरूका डब्फाले पनि उडान भरेका रहेछन्
हाम्रो उड़ानको तेजलाई कम गर्न
उनीहरू माथीबाट ढुंगा हानिरहन्थे
तलबाट उफ्रिदै घोचा तेर्साउथे
र चिचाएर
ए फलाना फलानाका ….स्वास्नी हो !!!
यसो भन्थे
यस्तै थुप्रै थुप्रो पोईहरूको पोईहरूले पनि
सुन्दर मेरो पोई खलास (मृत्यु)भएपछि
म सपनाभरी उडी रहन्थे
कसरी हो ? !
उड्दा उड्दा म त आज शीतल निवास पो पुगेछु
निक्कै जीउ थाकेको अनुभव गर्दै थिएँ ।

यस्तो अनौठो के सपना देखेछु ?
सपनाबाट सपनामै सोध्दै थिएँ
के मेरो देशको राष्ट्रपतिलाई पनि
संसद र मन्त्रीमण्डलका
सबै लोग्ने मान्छेहरू
उनको पोईहरू नै हुन सक्छन् भनी
मलाई झै खेदो गर्छन् ?

झल्याँस्स ब्यूँझे
टाउको निक्कै रन्थनिएर दुखेको रहेछ ।।।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: