मान्छेले देवता होइन, देवताले मान्छे पुज्ने कि ?


प्रकाशित मिति :2020-01-08 13:51:45

तुलसी भण्डारी

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. १ पहरीया कुमगाँडाकी ५० वर्षीया बाटुली महराका ४ छोरी, ४ छोरा छन् । श्रीमान् सानोतिनो व्यवसाय गरेर जीविकोपार्जन् गर्छन् । उनीहरूको पेशा कृषि हो । खेतीपाती र गाई बस्तुको हेरचाह गरेर दैनिकी चलिरहेको छ ।

बाटुलीलाई देवी देउतामाथि धेरै भरोसा छ । जे हुन्छ, देवी देउताकै कारणले हुन्छ भन्ने लाग्छ उनलाई । देवी देउता खुशी भए घर परिवारमा राम्रो हुने र रिसाए अनिष्ट हुन्छ भन्ने अन्विश्वास छ । त्यही डरले उनी छोरी बुहारी महिनावारी भएको बेला घर भन्दा ५/६ मिटर टाढै राख्छिन् । जहाँ छाउगोठ पनि छैन । खुल्ला आकाश मुनी एकसरो कपडा ओछ्याएर रात काट्छन् उनीहरू ।

छाउ (महिनावारी) भएका बेला घर छोयो भने घरमा सर्प पस्छन् । देउता लागेर काप्न थाल्छन् भन्ने डूलो डर छ उनमा । तपाईंलाई किन यस्तो लाग्छ ? भन्ने प्रश्नमा उनले मलाईसमेत छाउ बार्नुपर्छ । नत्र राम्रो हुन्न । देवी देउतासंग निहुँ खोजेर हुन्छ ? भन्दै डराइन् । छाउ नबारे देवी देउताले नराम्रो गर्ने डर देखाइन् ।

एक चोटी उनकी माईली छोरीकी सासू घरमा आएकी थिइन् रे । उनी छाउ भएकी रहिछिन् । कसैलाई केही भनिन् । रातीको समय थियो । खाना खाएर सबै सुते । “म त एक्कासी बिरामी भएर मुर्छा नै पर्ने जस्तो भएँ । के भयो भनेर खोजी गर्दा त छोरीकी सासू छाउ भएको ४ दिन मात्रै भएको रहेछ । त्यति थाहा पाएपछि त मलाई देउता चढ्यो । म काप्न थाले । एक हजार रुपयाँ दण्ड राखेपछि मलाई ठिक भयो ।” उनले यति सुनाएर भनिन्, “अब छाउ नबारेर भो त ?”

४३ वर्षकी पवित्रा खत्री पनि पुर्खाहरूको रित छोड्न सक्दिनन् ।

छाउ भएका बेला गोठमा बस्दा होस् या खुल्ला आकाशमुनी कम्ता जाँडो हुन्न । वर्षात्मा पानीले भिजाउँछ । छाँता ओडेरसमेत रात काटेको अनुभव छ उनीसंग । पानी र सितले भिजेर निर्थुक्क हुँदासमेत घरभित्र पस्ने आँट र अनुमति हुन्न कसैलाई । “ए ! छाउपडीलाई घरमा बस्नुपर्ने ?” यस्तै प्रश्न गर्छन् घरका बुढापाकाहरू ।

छाउ बार्दा या नबार्दा के हुन्छ ? के हुदैन ? सत्य कसैलाई थाहा छैन । तर पहिलेदेखि नै आमा हजूरआमाहरूले छाउ भएको बेला घरमा नबसेको देखेका उनीहरूलाई छाउ बार्नैपर्छ भन्ने लाग्छ । तोड्ने हिम्मत जुटेको छैन । छाउ नबारेको खण्डमा बनको बाघले खाओस् कि नखाओस्, मनको बाघले खाएका उनीहरूलाई देउताको ठूलो डर छ । घरमा बस्ने आँट गर्दैनन् । र उनीहरूलाई कसैले आँट पनि भरिदिएको छैन कि, “महिनावारी हुनु, देउता रिसाउनु, नरिसाउनु, खुशी हुनुको कुनै सम्बन्ध छैन । महिनावारी भएका बेला घरमा बस्नु हुन्न भन्ने कुरा अन्धविश्वास हो” भनेर ।

कञ्चनपुरजस्तो सुगम जिल्लाका महिलाहरूको अवस्था यस्तो छ । उनीहरू अहिलेको युगमा पनि महिनावारी हुँदा घरमा बस्नु हुन्न । देउता रिसाउछन् भन्ने भ्रम पालेर बाँचिरहेका छन् । अनि सुदूरपश्चिमका पहाडी जिल्लाहरू जहाँ अझैं पनि रोग र भोकले मान्छेहरूले ज्यान गुमाउदैछन् । गरिबी उच्च छ । अशिक्षा ब्याप्त छ । चेतनाको अभाव छ । त्यहाँका मान्छेहरूको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ ।

सरकारले गाउँगाउँमा सिंहदरबार भन्छ । तर संस्कार र परम्पराका नाममा विद्यमान यो र यस्ता प्रचलन हटाउन हस्तक्षेपकारी भूमिका निर्वाह गरेको खोई ? गाउँगाउँमा सिंहदरबार होस् कि नहोस् के मतलब, जबसम्म छाउपडीका नाममा हरेक महिना मृत्युसंग पौंठेजोरी खेलिरहेका महिलाहरूले महिनावारीलाई प्राकृतिक ठान्दैनन्, ठान्न लगाइँदैन । उनीहरुलाई घर घरमा सिंहदरबार पसे पनि नपसे पनि के फरक पर्छ र ? बरु मान्छेभित्र ठूलो घर बनाएर बसेको अन्धविश्वासले सिंहदरबारको कुर्सीमा बस्ने व्यक्तिलाई पनि छाउ बार्न बाध्य बनाएको छ ।

छोरीकी सासू महिनावारी भएको थाहा पाएपछि बाटुली महरा किन मुर्छा परिन् ? किन कापिन् ? के देउता रिसाएर हो त ? होइन । मान्छेलाई जब डरले जित्छ नि, उ बेहोस् हुनु, काप्नु सामान्य कुरा हो । डरका कारण मान्छेलाई आफूलाई जित्न नसक्दा कमजोर महसुस गर्छ । अनि रुन, कराउन, अरुलाई चिथोर्न, काप्न थाल्छ ।

छाउ बार्नै पर्छ भन्ने मानसिकता बोकेकी बाटुलीलाई पनि त्यस्तै भएको हो । छाउ भएको सात दिनसम्म घर नपस्ने संस्कार बोकेकी बाटुलीले जब छोरीकी सासू छाउ भएको चार दिन मात्रै भएको थाहा पाइन, तब उनमा डरले डेरा जमायो । उनले आफूलाई सम्हाल्न सकिनन् । अनि पुर्खाले गर्दै आएको देउतालाई सजाय तिर्ने चलन अनुसार हजार रुपैयाँ जरिवाना तिरिन् । उनलाई ठिक भयो । काप्न छोडिन् ।

यहाँनेर प्रश्न उठ्छ, के देवी देउता पैंसाका भोका छन् त ? सर्वशक्तिमान देउतालाई नपुग्ने के छ ? उनीहरूले साचे सृष्टि रच्छन्, ध्वस्त गर्न सक्छन् । के तिनै देउतालाई हजार रुपैयाँको खाँचो हुन्छ ? मान्छेले जरिवाना स्वरुप तिर्ने पैंसामा देवी देउता रमाउछन् ? त्यति साह्रो गरिब छन् देवी देउता ? हजार रुपैयाँ जरिवाना तिरेपछि बाटुली किन काप्न छोडिन् ? यदि त्यस्तो हो भने मान्छेले अब देवी देउता मान्न छोडे हुन्छ । गरिब, लोभी देवी देउताको पूजा त झन् किन गर्नु ? बरु देवी देउताले नै मान्छे पुज्ने थाल्ने कि ?

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: