भारत जानेक्रममा सुर्खेतकी महिला कञ्चनपुरमा बलात्कृत


प्रकाशित मिति :2020-01-08 14:29:19

सुर्खेत । कामको शिलशिलामा भारत जानेक्रममा सुर्खेतकी एकजना महिला कञ्चनपुरमा बलात्कृत भएकी छन् । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी ३३ वर्षीया महिला कञ्चनपुरको एक गेष्ट हाउसमा बलात्कृत भएकी हुन् ।

कञ्चनपुरको मेलडाँडी भन्ने स्थानमा रहेको रोयल गेष्ट हाउसमा उनलाई दुईजनाले बलात्कार गरेको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले जानकारी दिईन् । उनका अनुसार सोही गेष्ट हाउसमा काम गर्ने तिलक भनिने एकजना फरार रहे पनि रामसिंह धामीलाई भने पक्राउ गरि अनुसन्धान अगाडि बढाईएको छ ।

पीडित महिला माइती नेपाल कञ्चनपुरको संरक्षणमा रहेको उनले बताईन् ।

शुरुमा घटनालाई पिडकका पक्षमा मोड्न खोजिएपनि अहिले भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा मुद्धा दर्ता भएको भट्टले जानकारी दिईन् । महिलालाई सिपमूलक तालिम दिई आयआर्जनमा लगाउने तयारी भएको उनले बताईन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: