संचार माध्यम लैंगिक संवेदनशील हुनै पर्नेमा जोड


प्रकाशित मिति :2020-01-09 16:56:29

–महिला खबर–

ललितपुर । राष्ट्रिय महिला आयोगले मिडियामा लैंगिक संवेदनशीलता सम्बन्धमा आज काठमाडौंमा पत्रकारहरुसंग अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा वियोण्ड बेइजिङ कमिटीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले लैंगिक संवेदनशील रिपोटिङ विषयमा कार्यक्रम प्रस्तुत गर्दै मूल धारका संचार माध्यमले महिलाको पक्षमा तथा सामाजिक कुरीति विरुद्धका विषयलाई महत्वका साथ उठाउने गरेको बताइन् । यद्यपि कहिलेकाहिँ पत्रकारहरु विषयप्रति अनजान हुँदा त्यसले नकारात्मक असर पारिरहेका उदाहरण प्रस्तुत गरिन् ।

राष्ट्रिय महिला आयोगका सचिव दीपेन्द्र काफ्लेले आयोगको परिचय, चुनौती र भावी कार्यदिशाबारे कार्यपत्र प्रस्तुत गर्दै आयोग संवैधानिक भएको चार वर्ष बितिसक्दा पनि पदाधिकारी नियुक्त नहुँदा अपेक्षित कामहरु हुन नसकेको बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सचिव लक्ष्मी पुनले पत्रकार महिलाहरुको सुरक्षा विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालमा पत्रकार महिलाहरुको भौतिक सुरक्षा नभएको बताइन् ।

अभियन्ता कविता राइले अनलाइन मिडियामा महिला र अल्पसंख्यकको प्रतिनिधित्व विषयमा कार्यपत्र प्रस्तुत गर्दै नेपालका अनलाइन मिडियाले महिला र अल्पसंख्यकको मानमर्दन हुने गरि समाचार तथा सामाग्री प्रकाशन गर्ने गरेको बताइन् ।

कार्यक्रममा संचार माध्यम नै लैंगिक संवेदनशील नभए त्यसको असर समग्र समाजमा पर्ने भन्दै संचार माध्यमका सम्पादक, डेस्क सम्पादक लगायत त्यहाँ काम गर्ने सबै पत्रकारहरु यो विषयमा जानकार हुनै पर्नेमा जोड दिइयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: