गोदावरीका १ सय १५ छाउगोठ पनि स्वाहा


प्रकाशित मिति :2020-01-10 11:23:15

–धुर्ब ओझा–

कैलाली । छाउपडी प्रथा उन्मुलनका लागि छाउगोठ भत्काउने अभियान अन्तर्गत कैलालीमा १ सय १५ वटा छाउगोठ भत्काइएका छन् । गोदावरी नगरपालीकाको वडा नम्बर १० र १२ मा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत प्रहरी र समाजिक अभियन्ताको सहभागितामा छाउगोठ भत्काइएका हुन् ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक (डिएसपी) ज्ञान बहादुर बिष्टको नेतृत्वको टिमले सञ्चालन गरेको छाउपडी प्रथा विरुद्धको अभियान अन्तर्गत गोदावरी नगरपालिकामा रहेका १ सय १५ छाउगोठ भत्काइएका छन् ।

जनप्रतिनिधि, स्थानीय क्लबहरू, अगुवा महिला, संघसंस्थाका प्रतिनिधि, विद्यार्थी लगायतको सहभागितामा गोठहरू भत्कार्ईएको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिए ।

नगरपालिकाको वडा नम्बर १० सिउडी कटान, स्वार कटान, सितापुर, भागेश्वर क्षेत्रमा रहेका ४६ र वडा नम्बर १२ कोल्मुडा, कटान लगायतका क्षेत्रका ६९ वटा छाउपडी गोठहरू भत्काईएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए ।

यस बिषयमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सचेतना समेत फैलाएको बताइएको छ ।

जिल्लामा सामाजिक कुसंस्कारको रूपमा ब्याप्त रहेको छाउपडी प्रथा उन्मुलनका लागि स्थानीय प्रशासनले पनि कडाइका साथ काम शुरु गरेको छ ।

धर्म, संस्कृति र परम्पराको नाममा कुसंस्कार उन्मुलन गर्न कडाई गरिएको हो । पहिलो चरणमा जिल्लाभर छाउगोठ भत्काउने अभियान थालिएको छ ।

छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधि पनि सक्रिय छन् । जिल्लाका अधिकांश बस्तीहरूमा महिनावारी हुँदा गाई भैसी बाँधेकै ठाउँमा बस्ने महिलाहरूको संख्या अत्याधिक छ ।

छाउपडी प्रथा एक सामाजिक अपराध, कुरीति, अन्धविश्वास भएकाले महिनावारी भएका महिलामाथि सामाजिक भेदभाव नगर्न नगराउन प्रशासनले उर्दी जारी गरेको थियो ।

कैलालीमा समेत कुप्रथाका रुपमा रहेको छाउपडी प्रथालाई पूर्ण रुपमा नियन्त्रण गर्न जिल्लास्थित सबै स्थानीय तहलाई पत्राचार समेत गरिएको छ । छाउपडी प्रथालाई प्रसय दिने गरी कुनै गतिविधि भए वा गरेको पाइएमा मुलुकी फौजदारी संहिता २०७४ बमोजिम कारवाही हुने प्रशासनको चेतावनी छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: