मानव अधिकार आयोग भन्छः १३ लाख किशोरी बेचविखन र बालविवाहको उच्च जोखिममा


प्रकाशित मिति :2020-01-10 12:04:29

–महिला खबर–

ललितपुर । नेपालमा १३ लाख किशोरीहरू बेचविखन र बालविवाहको उच्च जोखिममा रहेको राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले देखाएको छ ।

आयोगले हिजो सार्वजनिक गरेको ‘नेपालमा बाल अधिकार अवस्था २०७६’ प्रतिवेदनमा यो तथ्यांक उल्लेख छ ।

प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै आयोगका सदस्य मोहना अन्सारीले २०७५ सालमा गरिएको एक अध्ययनअनुसार नेपालमा १३ लाख किशोरी उच्च जोखिममा रहेको बताइन् । ती किशोरीहरू बेचविखनमा पर्न सक्ने र बालविवाह हुने खतरा रहेको उनले बताइन् ।

सदस्य अन्सारीका अनुसार मधेशी, मुस्लिम, दलित, अल्पसंख्यक तथा जनजाति समुदायका बालबालिका बालविवाहको जोखिममा रहेका छन् ।

प्रतिवेदनका अनुसार नेपालको कुल जनसंख्याको ४९ प्रतिशत संख्या बालबालिकाको छ । ती मध्ये २६ दशमलव ३ प्रतिशत बालविवाहको चपेटामा छन् भने २६ प्रतिशत बालिका बेचविखनको जोखिममा छन् ।

आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार १५ देखि १९ वर्ष उमेरमै धेरैजसो किशोरीहरू आमा बन्ने गरेका छन् ।

बालबालिका हराउने क्रमसमेत बढ्दो रहेको भन्दै आयोगले फेला पर्ने संख्या भने धेरै कम रहेको जनाएको छ ।

यस्तै, देशैभर बालबालिकाको हकमा शिक्षा, स्वास्थ्य लगायतको अवस्थामासमेत उल्लेख्य सुधार हुन नसकेको प्रतिवेदनले औंल्याएको छ ।

केन्द्रीय तथ्यांक विभागले गरेको नेपाल बहुसूचक क्लस्टर सर्वेक्षण, २०७१ अनुसार ५ देखि १७ वर्ष उमेर समूहका ३७ दशमलव ४ प्रतिशत बालबालिका बालश्रममा संलग्न छन् ।

अध्ययनले नेपालमा बाल विवाहको दर विकासक्षेत्र, बसोवास क्षेत्र, आर्थिक–सामाजिक अवस्था, जातजाति, धर्म, समुदाय तथा शैक्षिक अवस्थाको विविधता र अन्य भिन्नताहरूका आधारमा फरक–फरक रहेको देखाएको छ । यो दर मधेशी, दलित, जनजाति र मुस्लिम समुदायमा धेरै रहेको छ ।

आयोगका अध्यक्ष अनुपराज शर्माले बालबालिका संरक्षण र सम्वर्धनमा सरकार र राज्य संयन्त्रहरुले ध्यान दिनुपर्ने बताए ।

आयोगले यो जोखिम कम गर्न सरकारलाई विभिन्न काम गर्न सुझाव दिएको छ ।

बालबालिका तथा महिलामाथि हुने शोषण रोक्न सरकारले गर्नु पर्ने जति नगरेको आयोगका सदस्यहरूको भनाइ छ ।

आयोगकी सदस्य अन्सारीले भनिन्, “कतिपय ऐन बने तर नियमावली बनेनन् । गरिबीको रेखामुनि रहेकालाई उनीहरूको आय बढाउने किसिमका काम गर्न सरकारले सकिरहेको छैन ।”

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: