बालबालिका सम्बन्धि ऐन छिट्टै ल्याउनेः मन्त्री गुरुङ


प्रकाशित मिति :2020-01-12 10:49:16

–महिला खबर–

ललितपुर । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले बालबालिका सम्बन्धि ऐन छिट्टै ल्याउने घोषणा गरेका छन् ।

मन्त्री गुरुङले बालबालिकाहरूलाई सडकमा जानै नदिने गरी बालबालिका सम्बन्धि ऐन ल्याउने कामलाई अघि बढाइएको पनि बताए ।

बालबालिकाहरूलाई सडकमा जान बाध्य हुने अवस्था आउन नदिने गरि सो सम्बन्धि ऐन संशोधनको कामलाई अघि बढाइएको छ,’ शांकरी विद्यालयले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री गुरुङले भने, ‘सरकारले सडकमा बालबालिका आउन नदिने गरि अभियान नै संचालन गरिरहेको छ ।’ उनले दक्ष जनशक्ति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै निजी क्षेत्रको प्रशंशा पनि गर्नु गरे । निजी क्षेत्रले गुणस्तरीय शिक्षाका लागि गरेको लगानी उल्लेखनीय रहेको पनि मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले उच्च शिक्षा अध्ययनका लागि देश बाहिर जाने कामलाई रोक्ने चुनौतिको सामना गर्न पनि निजी क्षेत्रका लगानीकर्ताहरूलाई आग्रह गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: