‘डा. शिवमायाको अडानले हाम्रो शिर उच्च बनायो’


राजधानीमा अन्तर पुस्ता महिलावादी समूहको भेला

प्रकाशित मिति :2020-01-13 17:55:24

–महिला खबर–

ललितपुर । आज राजधानीमा भएको अन्तर पुस्ता महिलावादी समूहको भेलाले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले लिएको अडानको उच्च कदर गरेको छ । लामो समयदेखि नेपालको महिला आन्दोलनमा संलग्न ७० भन्दा बढि महिलाहरूको सहभागिता रहेको भेलाले उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले लिएको अडानले सबैको शिर उच्च बनाएको निष्कर्ष निकालेको हो ।

भेलाले अबरुद्ध संसद र सभामुख, उपसभामुख सम्बन्धी बिषयका बारेमा गम्भीर छलफलसमेत गरेको अधिकारकर्मी शरु जोशीले जानकारी दिइन् । जनप्रतिनिधिमूलक संस्थालाई लामो समयसम्म बन्दी बनाएर राखिएकोप्रति गम्भीर चासो प्रकट गर्दै भेलाले बिधेयक अधिवेशनका रुपमा चिनिने हिउँदे अधिबेशनमा पास गर्नु पर्ने नागरिकता लगायतका बिधेयकहरूप्रति बिशेष चासो राखेको पनि जोशीले बताइन् ।

उपसभामुखको रुपमा डा. तुम्बाहाम्फेले अहिलेसम्म गर्दै आएको काममा कतै पनि विवाद नआएको र उनले आफूलाई प्राप्त जिम्मेवारीलाई इमान्दारी र कुशलताकासाथ निर्वाह गरेकाले अबको सभामुख उनैलाई हुन दिन सबै राजनीतिक दलहरूबाट विवेकपूर्ण निर्णय हुनेमा आफूहरू बिश्वस्त रहेको भेलामा सहभागी अधिकारकर्मी तथा वरिष्ठ अधिवक्ता मिरा ढुंगानाले बताइन् ।

कार्यक्रममा मानव अधिकारकर्मी, कानून व्यवसायी, पत्रकार तथा संचारकर्मी लगायत नागरिक समाजका विभिन्न अन्तर पुस्ता समेट्ने महिला तथा पुरुषहरूको सहभागिता रहेको थियो ।

अधिकारर्की संजिता तिम्सिनाले भेलामा नेपालको राजनीतिमा महिलाको भूमिका, सहभागिता र योगदानको पुनरावलोकन गर्दै जननिर्वाचित संस्था निर्माणका लागि ५१ प्रतिशत महिला नागरिकले मत प्रयोग गरेको स्मरण पनि गरेको जानकारी दिइन् ।

भेलाले यो जटिल र महत्वपूर्ण समयमा न्याय र समानताको पक्षमा बोल्ने नागरिक समाजका प्रतिनिधिहरू, प्राज्ञिक व्यक्तित्वहरू, राजनीतिक विश्लेषकहरू, मिडिया, महिला तथा पुरुष राजनीतिकर्मीहरूको सह्राहना गर्दै राजनीतिक महिला आन्दोलनको खोजी पनि गरिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: