राजसंस्था भन्दा पितृसत्ता धेरै बलियोः डा. शिवमाया तुम्बाहाङ्फे


उपसभामुख डा. शिवमायाद्वारा पदबाट राजीनामा

प्रकाशित मिति :2020-01-20 21:28:27

-महिला खबर-

ललितपुर । पदबाट राजीनामा दिँदै उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजसंस्था भन्दा पितृसत्ता धेरै बलियो रहेको बताएकी छन् । संसद बैठकमा उपसभामुख पदबाट राजीनामा दिएकी शिवमाया तुम्बाहाङ्फेले आज सोमबार संसद भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गर्दै तुम्बाहाङ्फेले पितृसत्ता उन्मूलनका लागि अझ धेरै मेहनत गर्नुपर्ने आवश्यकता रहेको औंल्याइन् ।

आफू सभामुख नभए पनि संस्थालाई संविधानअनुसार सफल बनाएर छाडेको दाबी गर्दै डा. तुम्बाहाङ्फेले भनिन्, ‘हामी सबै मिलेर राजसंस्था सहजैसंग फाल्यौं । तर राजसंस्थाभन्दा पितृसंस्था ठूलो रहेछ ।’

आफू सभामुख हुन्छु र हुन्न दोस्रो पाटो हो भन्दै आफूले यो संस्थालाई सफल बनाएको उनले बताइन् । उनले आफ्नो ब्याकअपमा कोही व्यक्ति र संस्था नभएको पनि उल्लेख गरेकी छन् । ‘ब्याकअपमा को छ भन्ने प्रश्न उठेको थियो । कुनै व्यक्ति र संस्था होइन संविधान थियो । संविधानले निर्देशन नगरेको भए यो अवस्था हुने थिएन । संस्थाले दिएर के हुन्थ्यो ? व्यक्ति र संस्थाभन्दा ठूलो संविधान हो,’ उनले भनिन् ।

‘मैले जे बोलें त्यो पुर्याएँ । नेताले भनेको आधारमा होइन,’ उनले भनिन्, ‘कहिले राजीनामा दिनुहुन्छ भन्ने प्रश्न थियो । सत्तापक्षले उम्मेदवार तय गरेर सन्देश आएपछि मार्गप्रशस्त गरेको थिएँ । त्यो कुरा पूरा गरेँ ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: