हटेन कुरीतिः तीन महिनामा पाँचको हत्या


प्रकाशित मिति :2020-01-21 17:25:45

–महिला खबर–

ललितपुर । गएको तीन महिनामा ४ प्रकारका कुरीतिका कारण देशभर ५ जनाको हत्या भएको छ । प्रथा र परम्पराका नाममा ज्यान गुमाउनेमा अधिकांश महिला छन् । कुरीति कै कारण महिला तथा दलित समुदाय शारीरिक तथा मानसिक हिंसाको शिकार भएका छन् ।

सोच नेपालले २०७६ असोज १४ गते देखि २०७६ पुस १५ (अक्टोवर १, २०१९ देखि डिसेम्बर ३१, २०१९) सम्म गरेको मिडिया सर्भेक्षण अनुसार यो तीन महिनामा कुरीति र अन्धविश्वासका कारण पाँच जनाले अकालमै ज्यान गुमाएका हुन् ।

सर्वेक्षणका अनुसार तीन महिनाको अवधिमा देशभर कुरीतिका कारण ५ सय २५ जना प्रभावित भएका छन् ।

यो अवधीमा जातीय छुवाछुतका १ सय ५, बालविवाहका ३ सय ३५, बहुविवाहका १२, दाइजो प्रथाका २, छाउपडीका ७, लिङ्ग विभेद प्रथाका ५५, बोक्सी प्रथाका ६, धार्मिक अन्धविश्वास वा अन्धविश्वासका ३ गरी ५ सय २५ जनामाथि मानसिक र शारीरीक हिंसा भएको हो ।

योे समयमा सुदुरपश्चिम प्रदेश कुरीतिका सबैभन्दा बढी मारमा परेको पाईएको छ । कुरीतिका कारण प्रदेश २ पनि उत्तिकै प्रभावित भएको पाईएको छ । सबैभन्दा कम कुरीतिका घटनाहरू प्रदेश ४ र ५ मा भएको पाईन्छ ।

यस त्रैमासिकमा छाउगोठ भत्काउने अभियानबाट सुदुर पश्चिम प्रदेशका अधिकांश महिला मानसिक रुपमा प्रभावित भए । छाउगोठमा बसे सरकारले कारबाही गर्ने डर र छाउगोठमा नबस्दा देउताको डरका कारण जनता अझ मानसिक आतंकमा परेको पाईएको छ ।

छाउपडी प्रथा अन्त्य गर्ने सरकारको अभियानलाई नागरिकले सम्मान गर्नु पर्दछ । तर छाउपडीलाई कम गर्नका लागि सर्वसाधारणको भौतिक सम्पत्ति नष्ट गर्न भन्दा पनि वैज्ञानिक सोचाईको प्रबद्र्धन गरी नागरिकलाई छाउपडी प्रथा जस्तो अन्धविश्वासबाट स्वस्फूर्त रुपमा मुक्त गर्नका लागि पहल गर्न आवश्यक रहेको सोच नेपालको भनाइ छ ।

अहिलेको वैज्ञानिक युगमा पनि परम्परा एवम् धर्म, सँस्कृतिका नाममा मान्छेमाथि हुने अमानवीय तथा अपमानजनक घटनाहरूलाई न्यूनीकरण गर्न सरोकारवालालाई झक्झकाउन तथा हरेक मान्छेले सम्मानपूर्बक बाच्न पाउँने अधिकारको रक्षाको लागि सोच नेपाल सरकारलाई अनुरोध गरेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: