एसिड पीडित मुस्कानले भनिन्,‘अपराधीको उद्देश्य पूरा हुन दिन्न’


प्रकाशित मिति :2020-01-21 17:39:59

-महिला खबर-

ललितपुर । एसिड पीडित १४ वर्षीया मुस्कान खातुनले महिला भएकै आधारमा कोही पनि कुनै पीडामा पर्ने वातावरण अन्त्य गर्नुपर्ने बताएकी छन् ।

‘समानताको पुस्ता, प्रतिबद्ध युवा दस्ता’ भन्ने नाराका साथ आजदेखि ललितपुरमा सुरु भएको २ दिने राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै खातुनले आफूलाई समाजमा बाहिर निस्कन नदिने अभिलाषाकासाथ अपराधीले एसिड प्रहार गरेको भए पनि उसलाई चुनौती दिन आफू जस्तै एसिड पीडितको पक्षमा आवाज उठाउन देशैभर पुग्ने खातुनले प्रतिबद्धता जनाइन् ।

‘जस्ले एसिड छ्याप्यो उसले मलाई समाजमा बाहिर निस्कन नदिने उद्देश्य राखेको थियो । तर उसको उद्देश्य पूरा हुन नदिन म आफू जस्तै पीडितका लागि आवाज उठाउछु’ उनले भनिन् ।

खातुनले प्रदेश २ सरकारले चलाई रहेको ‘बेटी बचाउ बेटी पढाउ’ अभियानप्रति लक्षित गर्दै पहिला पढ्न जाने वातावरण बनाउन आग्रह गरिन् । ‘बेटी बचाउ बेटी पढाउ’ भन्ने नारा लिएको छ प्रदेश सरकारले । तर पढ्न जाँदा यस्तो हुन्छ कसरी पढ्ने ?,’ उनले प्रश्न गरिन्, ‘दोषीलाई कडा भन्दा कडा सजाय भए पो हामी निर्धक्कसँग पढ्न सक्छौँ ।’ खातुनले सरकारले आफूजस्तै एसिड पीडितका लागि सरकारले शिक्षा, स्वास्थ्य र रोजगारको ग्यारेण्टी गर्न माग गरिन् ।

कार्यक्रममा प्रतिनिधिसभा सुशासन समितिका सभापति शशी श्रेष्ठ, अधिकारकर्मी वन्दना राणा, दुर्गा घिमिरे, मेधा शर्मा लगायतले महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धि भए पनि अझै समानता हात पर्न नसकेको बताए ।

नेपाल सरकार राष्ट्रिय युवा परिषद्सँगको सहकार्यमा जागृति बाल तथा युवा सरोकार नेपाल र बेइजिङ पुनरावलोकनका लागि राष्ट्रिय सञ्जालले संयुक्त रुपमा सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनमा समाज रुपान्तरणमा युवाहरुको योगदान तथा अपरिहार्यताको बारेमा छलफल हुनुका साथै लैंगिक समानता, महिला सशक्तिकरण र हिंसा न्यूनीकरणको क्षेत्रमा युवा परिचालन गर्ने बारेमा पनि छलफल चलिरहेको छ ।

यसका साथै लैगिक समानताका क्षेत्रमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रयासहरुका महत्वपूर्ण उपलब्धिलाई पनि छलफलमा विषय बनाइएको छ ।

दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्लाका २ सय जना युवाको सहभागिता रहेको छ । सम्मेलन युवाहरुको आह्वान र प्रतिबद्धतासहितको घोषणा पत्र तयार पारेर सरोकारवालालाई हस्तान्तरण गर्दै बुधबार सम्पन्न हुनेछ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: