फागुन मसान्तभित्रै अछाम छाउगोठ मुक्त हुने


प्रकाशित मिति :2020-01-21 18:23:39

–महिला खबर–

अछाम । आगामी फागुन महिनाभित्र जिल्लामा रहेका सम्पूर्ण छाउगोठ भत्काउने साझा प्रतिवद्धता गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सोमबार मंगलसेनमा आयोजना गरेको ‘छाउ गोठ अन्त्य तथा मर्यादित महिनावारी प्रवद्र्धनको लागि साझा अभियान’ कार्यक्रममा फागुन मसान्तभित्र जिल्लालाई पूर्ण छाउपडी गोठ मुक्त गर्ने प्रतिबद्धतासहित १३ बुँदे घोषणा पत्र जारी गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत, संसद्को महिला तथा सामाजिक विकास समिति सभापति निरुदेवी पाल, राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर लगायतको उपस्थितीमा १३ बुँदे घोषणा पत्र जारी गरिएको अभियन्ता पशुपती कुँवरले जानकारी दिइन् ।

घोषणा पत्रको पूर्ण पाठः

१. मिति २०७६ फाल्गुण मसान्तभित्र जिल्लामा रहेका राजनीतिक दल, प्रहरी प्रशासन शिक्षक, वुद्धिजीवी, पत्रकार, नागरिक समाज, सामाजिक संस्था,धार्मिक संस्था, महिला अधिकारकर्मी सबैको सक्रिय सहभागितामा अभियानलाई निरन्तरता दिने प्रतिबद्धता गर्दछौंं ।

२.स्थानीय सरकारको संयोजनमा सबै सरोकारवालाहरूको समन्वयमा गोठ भत्काउदै मर्यादित महिनावारीमा ब्यापक जनचेतनाका कार्यक्रमसंगै जनचेतनामूलक र मनोसामाजिक परामर्शसहितको अभियान पनि संचालन गर्ने प्रतिवद्धता गर्दछौंं ।

३. महिनावारी सरसफाई स्वच्छता व्यवस्थापनलाई मुख्य केन्द्रमा राखिम महिनावारीलाई मर्यादित बनाउन सबैले पहल गर्नेछौं ।

४. २०७६ माघ १५ भित्र सबै वडा, २०७६ फाल्गुन १५ भित्र सबै पालिका र २०७६ फाल्गुन मसान्तभित्र जिल्लालाई पूर्ण छाउपडी गोठ मुक्त घोषणा गर्ने प्रतिबद्धता जाहेर गर्दछौंं ।

५. सबै वडा र टोल स्तरमा कार्यक्रमको प्रभावकारिताको लागि निरन्तर अनुगमन गर्ने ।

६. कानूनको अबज्ञा गरि छाउ गोठमा बस्ने वा गोठ भत्काई सकेपछि पनि घरभन्दाबाहिर पाल हालेर वा ओडारमा बसेको थाहा पाएमा जो कोही सचेत नागरिकले स्थानीय सरकारलाई खबर गर्ने साथै तिनिलाई मनोसामाजिक परामर्श दिएर घर बस्ने बातावरण सृजना गर्ने । र सम्बन्धित निकायले कानून बमोजिम कारवाहीको दायरामा ल्याउने ।

७. अभियानको क्रममा आएका चुनौतिलाई समाधान गर्नु सबैको दायित्व हो । सकारात्मक कुराको प्रचार प्रसार नगरेर अभियानलाई असफल पार्न नकारात्मक कुरा मात्र प्रचार प्रसार आफू पनि नगरौं अरुलाई पनि नगर्न आग्रह गरौं ।

८. राष्ट्रसेवक कर्मचारी, शिक्षक, वुद्धिजीवी, राजनीतिक दल, जनप्रतिनिधि समाजसेवी, महिला संजाल, युवा संजाल सबैले परिवर्तनको शुरुवात आफैबाट गरौं ।

९. वास्तविक समस्या र कारण के हो विश्लेषण गरेर मात्र सामाजिक धारणा बनाउनु पर्ने ।

१०. वास्तविक पीडामा परेका महिला तथा किशोरीहरूलाई पहिचान गरि उनीहरूलाई पीडामुक्त गर्न समाधानमा विशेष ध्यानका लागि पहल गर्नेछौं ।

११. छाउगोठ अन्त्य गर्ने अभियानमा धामी झाक्री, युवा र सामाजिक संघ संस्थाहरू स्वस्फूर्तरुपमा संग्लन भएको स्थलगत अवलोकन गरि पुरस्कार प्रदान गरिने छ ।

१२. महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउन आवश्यक तालिम दिने, रोजगारी अभिबृद्धि गर्ने तथा उनीहरूलाई नेतृत्वमा सहभागी गराउन उच्च प्राथामिकता दिईनेछ ।

१३. विकासको बाधक तत्वकोरुपमा रहेको छाउपडी गोठ जाने जस्तो कूप्रथा अन्त्य गरि समृद्ध अछाम बनाउने छौं । त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय गरि एकीकृत नीति तथा कार्यक्रम कार्यान्वय गरिने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: