छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका छत्रलाई ४५ दिन कैद फैसला


प्रकाशित मिति :2020-01-23 18:39:06

अछाम । छाउगोठमा भाइबुहारीको मृत्युपछि पक्राउ परेका साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई जिल्ला अदालत अछामले ४५ दिन कैद फैसला सुनाएको छ । मृतक पार्बतीका जेठाजु छत्र रावतलाई जिल्ला न्यायाधीश नवीन कुमार जोशीको इजलासले ४५ दिन कैद फैसला सुनाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

छाउगोठमा बस्न बाध्य पारेको आरोपमा पक्राउ परेर कानूनी कारबाहीमा पर्ने रावत पहिलो व्यक्ति हुन् । रावत यसअघि अदालतको आदेशमा २५ दिन प्रहरी हिरासतमा बसिसकेका छन् । रावतलाई भेदभाव तथा अन्य अपमानजनक व्यवहार शिर्षकमा गएको पुस १३ गते अभियन्ता पशुपती कुँवर लगायतले मुद्दा दर्ता गरेका थिए । रावत १५ हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए ।

पार्वती बुढा रावत

एक वर्षभन्दा कम कैद हुने सामान्य प्रकृतिका मुद्दामा प्रतिदिन तीन सय रुपियाँका दरले बुझाएर जान मिल्ने भएका कारण रावतले कैदमा बस्न बाँकी रहेको १० दिनको ६ हजार रुपियाँ बुझाएर गएको अ पार्वती बुढा रावत छाम प्रहरीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

रावतकी भाइबुहारी २१ वर्षीया पार्वती बुढा रावतको मङ्सिर १५ गते राति छाउगोठमै मृत्युपछि प्रहरी प्रतिवेदका आधारमा घरमूली रहेका छत्र रावतलाई सोही महिनाको १९ गते पक्राउ गरिएको थियो ।

२ हजार ९ सय ४४ छाउ गोठ भत्काइयो

रावतको मृत्युपछि गृह मन्त्रालयको निर्देशनमा अछाममा छाउगोठ भत्काउने अभियान तीव्र भइरहेको छ । प्रहरीले हालसम्म २ हजार ९ सय ४४ गोठ भत्काएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । अछाममा एक दशक यता १४ जना महिला तथा किशोरीको छाउगोठमा ज्यान गइसकेको छ ।

अछाममा सन् २००७ यता १४ जना महिला तथा किशोरीको मृत्यु छाउगोठमै बसेका कारण भइसकेको छ । मुलुकी अपराध संहिताको दफा १६८ मा छाउगोठमा बस्ने वा बस्न बाध्य पार्नेलाई तीन हजार रुपियाँ जरिवाना र तीन महिना कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ । छाउगोठमा बस्ने र बस्न प्रेरित वा दबाब दिनेलाई स्थानीय तहबाट दिइने सेवाबाट वञ्चित गरेर कानूनी कारबाही थालिने स्थानीय जनप्रतिनिधिले यसअघि नै प्रतिबद्धता गरिसकेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: