छाउगोठ भत्काउने क्रममा अवरोध गर्ने शिक्षकविरुद्ध उजुरी


प्रकाशित मिति :2020-01-25 21:41:56

-महिला खबर-

अछाम । छाउ गोठ भत्काउने अभियानमा प्रतिवाद गर्ने शिक्षकविरुद्ध अछाममा उजुरी परेको छ ।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ अमरसैनका खम्म धामीविरुद्ध छाउ गोठ भत्काउने अभियानलाई बिफल पार्न खोजेको आरोपमा उजुरी दर्ता भएको हो । धामी पायलकै मष्टामाण्डौ आधारभूत विद्यालयका शिक्षक हुन् ।

अमरसैनमा रहेका छाउगोठ भत्काउने क्रममा धामीले अवरोध गर्नुका साथै वडा अध्यक्ष हर्क लोहारलाई गाली गलौज गरेपछि उनीविरुद्ध प्रहरी चौकीमा उजुरी परेको हो ।

खम्म धामी

वडा अध्यक्ष हर्क लोहारले शिक्षक जस्तो चेतनशील मान्छेले छाउप्रथाविरुद्ध आवाज उठाउनुको सट्टा गोठ भत्काउने भन्दै आफूलगायतलाई गाली गलौज गरेपछि जनप्रतिनिधिको हैसियतले चुप लाग्ने नमिल्ने भन्दै उजुरी दिएको बताए ।

लोहारले सिउडी प्रहरी चौकीमा कानूनी कार्वाहीको माग गर्दै आज उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरे पनि काँग्रेस निकट धामीको पक्षमा नेपाली काँग्रेसका नेता कार्यकर्ताको चर्को दवाव थेग्न नसकेर आजै छाडेको बताइएको छ । यद्यपि सिउडी प्रहरी चौकीका प्रमुख असई जयसिंह भण्डारीले धामीविरुद्ध उजुरी आएको र आवश्यक परे भोली फेरि पक्राउ गर्न सकिने बताए ।

भाइबुहारी २१ वर्षीया पार्वती बुढा रावतको गएको मङ्सिर १५ गते राति छाउगोठमा मृत्यु भएपछिपछि अभिभावकको हैसियतमा साँफेबगर नगरपालिका–३ सिद्धेश्वरका छत्र रावतलाई पक्राउ गरेर चर्चा कमाएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख दीपक भारतीले आफूले यो विषयमा सोधपुछ गरिरहेको बताए । उनले उजुरी परेपछि आफूले गम्भीरताका साथ छानविन गर्ने र दोषी देखिए नछोड्ने प्रतिवद्धता गरे ।

प्रहरीको सहयोगमा अभियन्ताहरुले वडा नम्बर ४ पायलमा १ सय ६ गोठ भत्काएका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: