अब महिलाको छुट्टै महासंघ


प्रकाशित मिति :2020-01-26 16:57:33

–महिला खबर–

ललितपुर । महिलाका विविध सवाल र क्षेत्रमा सामूहिक आवाज उठाउँने उद्देश्यले महिला महासंघ गठन गरिने भएको छ ।

अधिकारका क्षेत्रमा कार्यरत संघसंस्था तथा नेटवर्कका प्रतिनिधिहरुको आज राजधानीमा बसेको तयारी बैठकले चाँडै महिला महासंघ गठन गर्ने निस्कर्ष निकालेको हो । अधिकारकर्मी लिली थापाका अनुसार बैठकले तदर्थ समितिसमेत गठन गरेर कार्यविभाजन पनि गरेको छ ।

नेपालमा अहिले महिलाको सवालमा काम गर्ने तथा महिलाले नेतृत्व गरेका गैरसरकारी संस्थाहरुको संख्या झण्डै ३० हजारभन्दा बढी छ । तर सबैले छुट्टाछुट्टै तरिकाले काम गरिरहेका हुँदा प्रभावकारी हुन सकेको छैन । महिलाको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुको महासंघ भए कामको नक्कल पनि नहुने र प्रभावकारिता पनि बढी हुने अधिकारकर्मी इन्दिरा घलेले बताइन् ।

अहिले महिलाको सवालमा काम गर्ने गैरसरकारी संघसंस्थाहरुको राष्ट्रिय संजालका रुपमा महिला सुरक्षा दबाब समूह, शान्ति न्याय र लोकतन्त्रका लागि महिला सञ्जाल –संकल्प, महिला मानव अधिकार रक्षक संजाल, बियोण्ड बेइजिङ कमिटी, जनजाति महिला महासंघ, चेलीबेटी बेचबिखन विरुद्ध कार्यरत संस्थाहरुको नेटवर्क (एट्वीन), शान्ति मालिकालगायत रहेका छन् ।

महासंघ गठनको संयोजन गरिरहेको संकल्पकी अध्यक्ष लिली थापाले चाँडै नै तदर्थ समिति विस्तार गरिसक्ने र यसले काठमाडौंका साथै प्रदेश स्तरहरुमा छलफल र समन्वय गर्दै जाने बताइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: