सरकारले महिला उद्यमीहरूको राष्ट्रिय भेला गर्ने


प्रकाशित मिति :2020-01-26 17:05:16

-महिला खबर-

ललितपुर । सरकारले महिला उद्यमीहरूको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिलाहरूलाई आर्थिक रुपमा सशक्त बनाउने उद्देश्यका साथ सो भेला आयोजना गर्ने घोषणा गरेका हुन् ।

आईतबार काठमाडौंमा आयोजित ‘महिला उद्यमीहरूको राष्ट्रिय सम्मेलन’ को उद्घाटन गर्दैैं उनले ग्रामिण क्षेत्रमा महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउने गरी आवश्यक नीति र कार्यक्रम तय गर्ने उद्देश्यका साथ सबै स्थानीय तह र जिल्लाहरूका महिला उद्यमीहरूको राष्ट्रिय भेला गर्न लागिएको पनि स्पष्ट पारे ।

‘महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउन नयाँ नीति र कार्यक्रमको आवश्यक्ता छ,’ मन्त्री गुरुङले भने, ‘ग्रामिण क्षेत्रका महिलाहरूलाई आर्थिक रुपमा सशक्त बनाउन सरकारले चालू आर्थिक वर्ष भित्रै उद्यमी महिलाहरूको राष्ट्रिय भेला आयोजना गरी आवश्यक ठोस नीति तय गर्नेछ ।’ उनले महिला सशक्तिकरणको क्षेत्रमा काम गर्ने संघ, संस्थाहरूलाई पनि ग्रामिण क्षेत्रका महिलाहरूलाई आर्थिक रुपमा सबल बनाउने गरी काम गर्न सचेत गराए ।

मन्त्री गुरुङले उद्यमशीलताको माध्यमबाट महिलाहरूको आर्थिक सशक्तिकरणमा लाग्ने संघ, संस्थाहरूसँग सहकार्य गरेर अघि बढ्न सरकार तयार रहेको पनि बताए । उनले महिलाहरूलाई उद्यमशील बनाउने वातावरण तय हुनेगरी ऐन, कानुन संशोधन गर्ने प्रतिवद्धता पनि जनाए ।

हाल संचालनमा रहेका संघ, संस्थाहरूले महिला सशक्तिकरणको क्षेत्रमा काम गरे पनि त्यसले अपेक्षित नतिजा नदिएकाले सरकारले नयाँ ढगबाट काम गर्न चाहेको मन्त्री गुरुङको भनाई थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: