उपप्रमुख थापाद्वारा अपांगता भएकालाई सहयोग


प्रकाशित मिति :2020-01-26 17:14:47

–महिला खबर–

बाँके । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापाले आफ्नो व्यक्तिगत प्रयासबाट अपांगता भएकाहरूलाई न्यानो लुगा र पिफम सहयोग गरेकी छन् । भाई बेग थापामगर र बहिनी एञ्जिला सिंजालीको सहयोगमा अपांग सशक्तिकरण एवम् संचार केन्द्र (डेक, नेपाल) ले बानियाभारमा संचालन गरेको सिपि सेन्टरका ९ जना अपांगता भएकाहरूलाई ट्रयाकसुट र पिफम सहयोग गरेकी हुन् ।

डेक नेपालको व्यवस्थापनमा सम्पन्न सहयोग कार्यक्रमका प्रदेश सांसद कृष्णा केसी नमुनाले फरक क्षमता भएकाहरूलाई चिसो मौसममा न्यानो लुगाको आवश्यकतालाई मध्यनजर गर्दै गरिएको सहयोग अत्यन्तै उपयोगी भएको बताइन् ।

फरक क्षमता भएकाहरूलाई समाजमा सम्मानपूर्वक बाँच्न, लाउन र खानाको व्यवस्था मिलाउन राज्यको प्रमुख दायित्व भएता पनि राज्यको ध्यान नपुगेको अवस्थामा उपप्रमुख थापामगरको व्यक्तिगत प्रयास सह्रानीय भएको उनले बताइन् ।

सहयोग वितरण कार्यक्रममा बोल्दै उपप्रमुख उमा थापाले धेरैको ध्यान पुग्न नसकेको अपांगता भएकाहरूको विभिन्न खाले समस्यालाई मध्यनजर गर्दै आफूले पारिवारिक रुपमा न्यानो लुगा सहयोग गरेको बताइन् ।

कार्यक्रममा अपांग समन्व्य समिति प्रदेश नं. ५ का अध्यक्ष देवि दत्त आचार्य, मानव अधिकार सूचना केन्द्रका लक्ष्मी तिवारी, डेक नेपाल बाँकेका अध्यक्ष हरिकला थापामगर, जिवन गिरीलगायतले मन्तव्य राखेका थिए ।

त्यसैगरि उपप्रमुख उमा थापा र भाई बेग थापामगरको संयुक्त लगानीमा लगदहवा मावि, कारकाँदाको १ सय ८५ जना विद्यार्थीलाई न्यानो लुगा (सुईटर) वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत अति विपन्न बालबालिकालाई मध्यनजर गर्दै सुईटर वितरण गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: