जाल्पादेवी छाउगोठ मुक्त


प्रकाशित मिति :2020-01-26 17:40:07

-कल्पना वोहरा-

अछाम । साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीलाई आज छाउगोठ मुक्त वडा घोषणा गरिएको छ । जाल्पादेवीमा रहेका ९५ गोठ भत्काएसँगै महिनावारीको समयममा सुरक्षित रुपमा घरमा बस्न थालेपछि राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवरले छाउँगोठ मुक्त वडा घोषणा गरेका हुन् ।

जाल्पादेवीसँगै साँफेबगर नगरपालिकाका तीन वटा वडा पूर्ण रुपमा छाउगोठ मुक्त वडा घोषणा भएका छन् ।

स्थानीय तहको चुनाव अघि वडा नं.६ भाग्यश्वरलाई छाउपडि गोठमुक्त घोषणा गरिएको थियो ।

यस्तै स्थानीय तहको निर्वाचनपछि वडा नं.११ देवीस्थानलाई छाउपडि गोठमुक्त घोषणा गरिएको थियो । छाउपडि कूप्रथा सम्बन्धी कानून कार्यान्वन पछि पहिलो वडा जाल्पादेवीलाई छाउगोठ मुक्त वडा घोषणा गरिएको छ ।

गत मंसिर १५ गते राति साँफेबगर ३ शिद्धेश्वरकी २१ वर्षकी पार्वती बुढा रावतको छाउगोठमै ज्यान गएपछि नेपाल सरकारको आदेश पछि अहिले अछाममा छाउगोठ भत्काउने अभियान तिव्र रुपमा अघि बढेको छ ।

जाल्पादेवीलाई छाउगोठ मुक्त वडा घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य कुँवरले छाउपडि गोठमा जाँदा वर्षेनी महिलाको मृत्यु हुने कुसंस्कारको अन्त्यको लागि सबै लाग्नुपर्नेमा जोड दिए । असुरक्षित घरको रुपमा रहेको छाउगोठ पूर्णरुपमा भत्काउन आवश्यक रहेको र जिल्लालाई छाउपडी गोठमुक्त घोषणा गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय सभा सदस्य शेरबहादुर कुँवर

कार्यक्रममा बोल्दै साँफेबगर नगरपालिकाका नगर प्रमुख कुल बहादुर कुँवरले गोठ भत्काएको ठाउँमा फेरि पाल टाँगेर वा भत्काईएका गोठमा बसेको पाएका बस्ने र बसाउने दुवैलाई कानूनी कारबाहि गरिने चेतावनी दिए ।

साँफेबगर नगरपालिकाका उपप्रमुख विर्मलादेवी वुड्थापाले छाउ गोठमा जाँदा महिलाले सबैभन्दा दुःख पाएका हुँदा स्वयम् महिला जागरुक हुनुपर्नेमा जोड दिइन् ।

वडा अध्यक्ष कालु सिंह कुँवरले छाउगोठमा बसेर अप्रिय घटनाको पात्र नबन महिलाहरुलाई आग्रह गरे ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: