फुटवल प्रतियोगिताको उपाधी जनतालाई


प्रकाशित मिति :2020-01-27 12:44:09

इटहरी । इटहरी उपमहानगरले आयोजना गरेको अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिताको उपाधी जनता माध्यमिक विद्यालय इटहरीले जितेको छ ।

फाइनल खेलमा राष्ट्रिय माविलाई ४ –१ अन्तरले पराजित गर्दै उपाधी उचालेको हो । जनता स्कूलले नगद ४६ हजार, शिल्ड र प्रमाण पत्र हात पारेको छ ।

उपविजेता राष्ट्रिय माविले २५ हजार शिल्ड र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

माघ ९ गतेदेखि सुरु भएको प्रतियोगितामा इटहरीका १७ वटा विद्यालयका छात्रा टिम सहभागी थिए ।

पुरस्कार वितरण पछि इटहरी उपमहानगर पालिकाकी उपप्रमुख लक्ष्मी गौतमले उपमहानगरले ६० जना छात्रालाई तालिम दिएर प्रतियोगितासमेत संचालन गरेको बताइन् ।

उनले नगरस्तरीय मात्र होइन इटहरीवाट राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरसम्म खेल्न सक्ने महिला खेलाडी उत्पादन हुनुपर्नेमा जोड दिइन् ।

इटहरी उपमहानगरले गत वर्षदेखि अन्तरविद्यालय स्तरीय छात्रा फुटवल प्रतियोगिता शुरु गरेको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: