संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर होः एसएसपी सिंह


प्रकाशित मिति :2020-01-27 12:55:10

पोखरा । संघीय प्रहरी इकाइ गण्डकी प्रदेशका एसएसपी पुजा सिंहले महिला भएको गर्व गर्नु पर्ने बताएकी छन् ।

लायन्स क्लव अफ ३२५ वि १ ले आइतबार पोखरामा गरेको वुमन सिम्पोजियम कार्यक्रम ‘वुमन द विगिनिङ’ मा बोल्दै उनले महिला शक्ति हुन पाएकोमा गर्व गरेर हरेक क्षेत्रमा आफ्नो शक्तिको प्रदर्शन गरेर अघि बढ्नु पर्ने बताइन् । सिंहले पछिल्लो समय हरेक क्षेत्रमा महिलाको गर्विलो उपस्थिती बढ्दै गइरहेको र यसले महिलाको आत्मविश्वास जगाइरहेको भन्दै संसार सुन्दर हुनुमा महिला कुशल व्यवस्थापक भएर भूमिका निभाएकाले सम्भव भएको हो भन्ने धारणा राखिन् ।

कार्यक्रमका प्रमुख वक्ता एड्भोकेसी फोरमका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बबिता बस्नेतले सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक विविध पक्षबाट महिला सशक्त हुन जरुरी रहेको बताइन् ।

पितृसत्तात्मक सामाजिक मूल्य मान्यताका कतिपय जडहरु सामाजिक रुपान्तरणको बाधक भएको बताउँदै अब महिलाहरुले आफ्नो भूमिका खोजी गरेर सामाजिक न्यायका लागि अघि बढ्नु पर्ने उनको भनाइ थियो । बस्नेतले शास्त्र ग्रन्थहरुमा उल्लेख महिला पात्रको उदाहरण दिँदै हरेक कुरालाई नकरात्मक टिप्पणी गर्नु भन्दा विषयबस्तु अध्ययन पछि धारणा बनाउन उपयुक्त हुने विचार राखिन् ।

प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका सदस्य भिमा ढुंगानाले महिला समाजमा अगाडि रहेकोे तर सोचले सधै पछाडि पारेको बताइन् । उनले गण्डकी प्रदेशले अवलम्बन गरेको पञ्च वर्षीय नीतिमा महिला समानता र सशक्तिकरणको पक्ष र लक्ष्यको बारेमा प्रकाश पारिन् ।

कार्यक्रममा डिष्टिक गभर्नर इन्दु लम्सालले लायन्सले महिला सशक्तिकरणलाई जोड दिएर विविध कार्यक्रम गरेको जानकारी दिइन् । उनले ‘वुमन सिम्पोजियम’ कार्यक्रमले महिला शक्तिको पहिचान गरेर अघि बढ्न प्रेरित गरेको बताइन् । हालसम्म लायन्सले २२ सय जनालाई सशक्तिकरण तालिम दिएको उनको भनाई थियो ।

कार्यक्रम संयोजक अर्चना प्रधानले महिलाको अस्तित्व नस्विकारेसम्म समाज सभ्य र सुसंस्कृत हुन नसक्ने बताइन् ।

कार्यक्रमका सहसंयोजक मिलन थापाले पोखराका विभिन्न क्षेत्रमा रहेका महिला र विभिन्न आमा समूहमा आवद्ध महिलालाई आफ्नो क्षेत्रमा अझै क्रियाशील बनाउन महिला गोष्ठिको आयोजना गरेको बताए ।

कार्यक्रमाम २ सय ५० जना महिलाको उपस्थिती रहेको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: