व्यवसायमा भूमिका खोज्दै पर्यटन व्यवसायी महिला


प्रकाशित मिति :2020-01-27 13:02:41

पोखरा । पोखराका पर्यटन व्यवसायी महिलाले व्यवसायमा आफ्नो भूमिको खोजी गर्दै छलफल चलाएका छन् । महिला पर्यटन व्यवसायी मञ्च ९ओटेफ०ले आइतबार पोखरामा आयोजना गरेको पर्यटन व्यवसायमा महिला अवसर र चुनौति विषयक अन्तक्रियामा बोल्दै व्यवसायी महिलाले व्यवसायलाई सफल बनाउन कसरी अगाडि बढ्ने ? व्यवस्थापकीय जिम्मेवारी कसरी बहन गर्ने ? भन्ने विषयमा छलफल गरे ।

कार्यक्रममा मिडिया एड्भोकेसी गु्रपका संस्थापक अध्यक्ष वरिष्ठ पत्रकार बबिता बस्नेतले सामाजिक रुपान्तरणमा अग्रसर महिलाहरुले पछिल्लो समय व्यवसायमा सफल हुँदै गएको धारणा राखिन् । उनले व्यवसायमा महिला आउँदा सामाजिक संरचनालाई झनै बलियो बनाएर आर्थिक समृद्धिको आधार बनाउने भएकाले निर्णयसहितको अधिकार महिलालाई दिनुपर्ने बताइन् । उनले व्यवसाय र घरपरिवालाई सन्तुलित रुपमा अघि बढाउन महिलामा चुनौति रहेको पनि बताइन् ।

होटल ल्याण्डमार्कका संञ्चालक एवम् संस्थाका उपाध्यक्ष पार्वती पाण्डेले व्यवसायमा आवद्ध महिलाले आफ्ना कतिपय समस्या राख्ने फोरम नहुँदा साना साना कुरालाई पनि मनमै राख्दा मानसिक समस्या समेत भोग्नुपरेको बताइन् ।

संस्थाका सल्लाहकार पर्यटन व्यवसायी दुर्गा देवकोटाले अन्तक्रिया कार्यक्रमले महिलाले जीवन भोगाइका विषयबस्तुसँगै व्यवसायिक क्षेत्रका विभिन्न सवालहरुको विषयमा बुझ्ने अवसर मिलेको बताइन् ।

अन्तक्रिया कार्यक्रममा ४० जना पर्यटन व्यवसायी महिलाको सहभागिता रहेको सह–सचिव ममता न्यौपानेले जानकारी दिइन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: