लुटपाटपछि वृद्धा बलात्कार गर्ने युवक पक्राउ


प्रकाशित मिति :2020-01-27 13:07:04

–महिला खबर–

पाँचथर । पाँचथर प्रहरीले ७२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ । वृद्धा बलात्कार आरोपमा पक्राउ पर्नेमा हिलिहाङ–७, सुभाङका २८ वर्षीय मनकुमार योञ्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका पाँचथरका अनुसार योञ्जनमाथि सात वर्ष अघिदेखि श्रीमान्को मृत्युपछि घरमा एक्लै बस्दै आएकी वृद्धालाई माघ ३ गते राति साँढे आठ बजे बलात्कार गरी नगद चोरी गरेको अभियोग लागेको छ ।

योञ्जनले राति वृद्धाको घरभित्र प्रवेश गरी पटुकामा बेरेर राखेको १४ हजार ३ सय ४० रुपैंयाँ नगद, पुराना डलर पैंसा राखेको थैलीसमेत चोरी गरी बलात्कार गरेको वद्धाले आरोप लगाएकी छिन् । वृद्धाको जाहेरीको आधारमा योञ्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि जबरजस्ती करणी र डाका चोरी अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता, इन्सपेक्टर रोमनराज अर्यालले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: