–महिला खबर–
ललितपुर । निवर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे सत्तारूढ दल नेकपाको केन्द्रीय सदस्यमा मनोनित भएकी छन् । हिजो बसेको नेकपा सचिवालयको बैठकले तुम्बाहाङ्फेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको हो ।
तुम्बाहाङ्फेले तत्कालीन एमालेको केन्द्रीय सदस्य थिइन् । उपसभामुख बनेपछि दलीय आबद्धता त्याग्नुपर्ने संवैधानिक प्रावधानअनुरूप उनले पार्टीको सदस्यता त्यागेकी थिइन् ।
Comment Here!