अध्ययन भन्छः बाझोपन पुरुषमा, दोष महिलालाई


प्रकाशित मिति :2020-01-29 13:59:07

-महिला खबर-

ललितपुर । महिला हिंसाका विभिन्न कारणहरूमध्ये बाँझोपन एक प्रमुख कारक तत्व रहेको एक अध्ययनले देखाएको छ । बाँझोपन अर्थात् निसन्तान हुनुमा पुरुषलाई भन्दा महिलामाथि नै बढी दोषारोपण हुने गरेको भए पनि हालै सम्पन्न अध्ययनले पुरुषका कारण हुुने निसन्तानपनको जिम्मेवारी पनि महिलालाई दिने गरेको पाइएको छ । जसकाकारण महिलामाथि हिंसा बढिरहेको उल्लेख छ ।

महिला पूनस्र्थापना केन्द्र ओरेकले दाङ र उदयपुरमा बाँझोपन सम्बन्धी गरेको अध्ययनमा बाँझोपन कै कारण महिलामाथि मानसिक हिंसा बढिरहेको उल्लेख छ । जसकाकारण महिलाहरूमा गम्भीर डिप्रेशन, चिन्ता, तनाव, एक्लोपनादेखि आत्म हत्याको सोच पैदा हुने गरेको पाइएको छ । यस्तै बहुविवाह, श्रीमान्बाट सम्बन्ध विच्छेदको धम्की, घरपरिवारका सदस्य र समाजबाट अपहेलना, घरपरिवारबाट नै श्रीमान्लाई दोस्रो विवाहको दबाबका साथै सामाजिक गतिविधिहरू तथा परम्परागत समारोहमा उपस्थित हुनका लागि प्रतिबन्धित गर्नुमासमेत बाँझोपन पनि एक कारण हुने गरेको अध्ययनमा उल्लेख छ ।

बाँझोपनको समस्या गहिराईमा बुझ्न, यसको कारण र प्रभावबारे अध्ययन गर्दै अगामी दिनमा बाँझोपनको सवाललाई नेपाल सरकारको नीतिमा समावेश गर्ने उद्देश्यका साथ ओरेकले समुदाय स्तरमै गई विवाहित दम्पती, स्थानीय सरकारदेखि चिकित्सक, स्वास्थ्य विशेषज्ञहरूसँग विभिन्न चरणको अन्तरवार्ताको आधारमा अनुसन्धानात्मक अध्ययन गरिएको हो ।

अध्ययनमा समुदायमा पितृसत्तात्मक सोच यथावत रहेको हुनाले मानिसहरूले “बाँझोपनको समस्या महिलाको समस्या हो, पुरूषको होइन” भन्ने गलत मान्यता अझै पनि स्थापित रहेको उल्लेख छ । तर अनुसन्धानबाट भने बाँझोपनको समस्या महिलाका कारण भन्दा पुरुषको वीर्यमा हुने कमीले गर्दा हुने गरेको पाइएको छ ।

यस्तै अध्ययनमा बाँझोपनको उपचार र प्राकृतिक रुपमा जन्माउने सम्भावना न्यून भएका दम्पतीहरूका लागि विभिन्न प्रकारका सहयोगी चिकित्सकीय पद्धतिहरू उपलब्ध भए पनि यो विधि महँगो हुने भएकोले यसको पहुँच र खर्च गर्ने क्षमता सबै वर्गहरूमा नहुने गरेको उल्लेख छ ।

अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्नुहुदैै राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले नेपालमा बाँझोपनको समस्याको अझै पनि यकिन तथ्यांक नभएको जानकारी दिँदै बाँझोपनको सूचकलाई आउने जनगणनामा समावेश गरी यसको तथ्यांक संकलन गर्न आवश्यकता रहेको उल्लेख गरिन् ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका निर्देशक डा. विकास देवकोटाले बाँझोपनको समस्या रोकथामका लागि स्वयम् व्यक्तिमात्र नभएर राज्य पनि जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै सरकारको स्वास्थ्य साझेदारी कार्यक्रममा बाँझोपनको रोकथामका लागि विविध कार्यक्रमहरू समावेश गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले यसका लागि नागरिक समाजले सरकारसँग सहकार्य गर्नुपर्ने बताए ।

अनुसन्धानमा समावेश जिल्ला दाङको घोराही उपमहानगर पालिकाका उपमेयर सिता सिग्देल न्यौपानेले हालसम्म स्वास्थ्य मुद्दामा विभिन्न कार्यक्रमहरू गरिए पनि बाँझोपनको समस्या कहिले पनि प्राथमिकतामा नपरेको जनाउँदै आगामी दिनमा यस विषयलाई स्थानीय तहमा प्राथमिकताका साथ पैरवी गर्ने प्रतिबद्धता जनाइन् ।

यसैगरी अधिवक्ता प्रबिना बज्राचार्यले ‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन २०७५’ ले बाँझोपनलाई प्रजनन् रोगहरूको रुपमा समावेश गरेता पनि ऐनको नियमावली तथा कार्यविधि नआएका कारण यो मुद्दा ओझेलमा परेको जानकारी दिइन् ।

ओरेकका संस्थापक अध्यक्ष तथा नेपालमा गरिएको अनुुसन्धानका प्रमुख अनुसन्धानकर्ता डा. रेणु अधिकारीले बाँझोपनलाई विभिन्न कोणबाट हेर्न जरुरी रहेको बताइन् । उनले अहिलेको अवस्थामा बाँझोपनको सामाजिक आयामको भार महिलाहरूमाथि बढी रहेको भन्दै यसलाई प्रजनन् स्वास्थ्य अधिकार भित्र राख्न सबै सरोकारवालाहरूको ध्यान जानुपर्ने उल्लेख गरिन् ।

यकिन तथ्यांकहरू उपलब्ध नभए पनि नेपालमा बाझोपनको उपचार व्यवसायिककरण भइरहेको र सरोगेसीका कारण समेत महिलाहरूमाथि थप हिंसा हुँदै गइरहेको समेत डा. अधिकारीको भनाइ थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: