धनगढी । धनगढीमा भईरहेको प्रथम अन्तर विद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको उपाधिका लागि शारदा मावि र त्रिभुवन मावि भिड्ने भएका छन् । कैलाली जिल्ला खेलकुद विकास समितिको आयोजना तथा कैलाली जिल्ला क्रिकेट क्लवको व्यवस्थापनमा धनगढीमा भईरहेको प्रथम अन्तरविद्यालय स्तरीय महिला क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाईनलमा शारदाले व्रोड भिजनलाई २८ रनले हराउँदै त्रिभुवसँग उपाधि भिडन्त पक्का गरेको हो ।
संघीय ईकाई प्रहरी कार्यालयको खेल मैदानमा भईरहेको प्रतियोगिताको दोस्रो सेमिफाईनल वुधवार वर्षाले प्रभावित भएपछि विहीवार भएको हो । शारदाले टस हारेर पहिले व्याटिङ गर्दै १९ ओभरमा सवै विकेट क्षतिमा १०० रन बनायो । शारदाका लागि ज्योती शर्माले २१ रन र करुण चौधरीले १६ रन बनायो । व्रोड भिजनका लागि कृतिका भट्टले ३ विकेट र सुजल खड्काले दुई विकेट लिईन् ।
प्रतिउत्तरमा विजय लक्ष्य पछ्याएको व्रोड भिजन १७ ओभरमा सवै विकेट क्षतिमा ७२ रनमा खुम्चियो । व्रोड भिजनका लागि प्रिति यादवले १८ रन बनाउनु वाहेक अन्य व्याट्वुमनहरुले दोहोरो रन अंक छुन सकेनन् । शारदाका लागि प्रियंका मण्डले ४ विकेट करुणा चौधरी र ज्योती शर्माले दुई दुई विकेट लिईन् ।
यसअघि भएको पहिलो सेमिफाईनलमा त्रिभुवनले राष्ट्रिय तुल्सीराम माविलाई ५७ रनले हराउँदै त्रिभुवन फाइईनल पुगेको हो । टस हारेर पहिले व्याटिङ गर्दै त्रिभुवन माविले २० ओभरमा ७ विकेट क्षतिमा १०७ रन बनायो । १०८ रनको विजय लक्ष्य पछ्याएको राष्ट्रिय तुल्सीराम मावि भने १५ ओभरमा सवै विकेट क्षतिमा ५० रनमा समेटियो । प्रतियोगिताको फाईनल शुक्रवार हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी आठ वटा टीमको जर्सीलाई विभिन्न ८ वटा व्यवसायिक संस्थाले जर्सी प्रायोजन गरेका छन् । प्रतियोगितामा सहभागी व्रोडभिजन एकेडेमीलाई माया मेट्रो हस्पिटल, एरिष्टो ईङलिस स्कुललाई निसर्ग हस्पिटल, त्रिभुवन माविलाई एडभेन्चर वेष्ट होलिडेज र राष्ट्रिय तुलसीराम माविलाई केटिएम डुकले जर्सी प्रायोजन गरेका छन् ।
त्यसैगरी शारदा माविलाई सुदुरपश्चिमाञ्चल एकेडेमी, लिटल फ्लावर स्कुललाई ड्रिम एजुकेशन कन्सल्टेन्सी, क्यास्पीयन एकेडेमीलाई कैलाली अस्पताल र धनगढी नमूना माविलाई रैका टुर्स एण्ड ट्राभल्सले प्रायोजन गरेका छन् ।
व्यवसायिक क्रिकेट प्रतियोगिताहरु भईरहेको अवस्थामा महिला क्रिकेटको जग बलियो बनाउनका लागि विद्यालय तहका महिला खेलाडीहरुको प्रतिभा प्रष्फुटन गर्नलाई प्रतियोगिता आयोजना गरिएको कैलाली जिल्ला खेलकुद विकास समितीले जनाएको छ ।
Comment Here!