छाउगोठ भत्काउनु हुन्न भन्दै वडा अध्यक्षलाई जातीय गाली गर्ने शिक्षक पक्राउ


प्रकाशित मिति :2020-02-02 12:34:02

–महिला खबर–

ललितपुर । छाउगोठ भत्काउने अभियानलाई असहयोग गर्दै वडा अध्यक्षलाई जातीय गालीगलौज गर्ने शिक्षक पक्राउ परेका छन् ।

अछामको चौरपाटी गाउँपालिका वडा नं.४ पायलको मष्टामाण्डौ आधारभूत विद्यालयका शिक्षक खम्म धामीलाई जातीय गालीगलौज गरेको आरोपमा अछाम प्रहरीले शुक्रबार पक्राउ गरि मुद्दा दर्ता गरेको हो ।

चौरपाटी गाउँपालिका वडा नं.४ पायलका वडा अध्यक्ष हर्क लोहारले छाउगोठ भत्काउने क्रममा धामीले असहयोग गर्नुका साथै आफूलाई जातीय गालीगलौज गर्दै अपमान गरेको भन्दै जिल्ला प्रहरी कार्यालय अछाममा मुद्दा दर्ता गरेका थिए ।

शिक्षक, खम्म धामी

जिल्ला प्रहरी प्रमुख डीएसपी दिपक भारतीका अनुसार वडा अध्यक्ष लोहारको मुद्दा परेपछि धामीलाई शुक्रबार जिल्ला सदरमुकाम मंगलसेनबाट पक्राउ गरिएको हो ।

डीएसपी भारतीले घटनाबारे थप अनुसन्धान भइरहेको र आरोपितलाई छिट्टै अदालत पेश गरिने महिला खबरलाई जानकारी दिए ।

घटनाको चौतर्फी विरोध

शिक्षकजस्तो शिक्षित चेतनशील मान्छेले कुरीति विरुद्ध आफै जागरुक हुनुको सट्टा कुरीति र अन्धविश्वासलाई मलजल गर्न खोजेको भन्दै शिक्षक धामीविरुद्ध चौतर्फी विरोध भइरहेको छ ।

चौरपाटी गाउँपालिका अध्यक्ष हर्कबहादुर साउदले प्रेस विज्ञप्ति जारी गरि वडा अध्यक्ष लोहारमाथि भएको दुव्र्यवहार वडा अध्यक्षलाई मात्रै नभई सम्पूर्ण जनप्रतिनिधिप्रति भएको भन्दै घटनाको निन्दा गरेका छन् ।

“नेपालको प्रचलित ऐन, कानून, वमोजिम कसैलाई पनि जाती, धर्म, संस्कृतिका आधारमा सार्वजनिक स्थलमा गाली, बेज्जती र अपमान गर्ने छुट कसैलाई छैन” अध्यक्ष साउदद्वारा जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा छाउँगोठ भत्काउने अभियानमा लागेका अध्यक्षमाथि भएको दुव्र्यवहारको घोर भत्र्सना गरिएको छ । कानून विपरित कार्यमा संलग्न शिक्षकलाई कानूनको दायरामा ल्याई कडा कार्वाहीको माग गरिएको छ ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौरपाटी संगठन कमिटीले पनि प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष लोहारलाई गालीगलौज, अभद्र तथा हातपातको प्रयास गर्ने शिक्षक खम्म धामीलाई कडा कार्वाहीको माग गरेको छ ।

नेकपा चौरपाटी संगठन कमिटीका अध्यक्ष झकर साउदद्वारा जारी गरिएको विज्ञप्तिमा शिक्षक जस्तो वौद्धिक व्यक्तिबाट भएको दुरव्यवहारको घोर निन्दा गर्दछौं भनिएको छ ।

विज्ञप्तिमा छाउगोठ भत्काउने गाउँ कार्यपालिकाको निर्णयको पालना नगरी अध्यक्षमाथि दुरव्यवहार गर्ने शिक्षकलाई कानूनी कार्वाही गर्न प्रशासनसंग गरिएको छ ।

सामाजिक कुरीतिको रुपमा रहेको महिनावारी भएको समयमा गोठ बस्ने चलनको अन्त्यका लागि जनप्रतिनिधि, प्रहरी, अधिकारकर्मी, पत्रकारले चौरपाटी गाउँपालिकामा गोठ भत्काउने अभियान थालेका छन् । सो अभियान अन्तरगत वडा नम्बर ४ पायलमा मात्र १ सय ६ छाउ गोठ भत्काएको छ ।

अभियन्ता पशुपती कुँवरले छाउगोठ भत्काउने अभियानको अगुवाई गर्नुपर्ने व्यक्तिबाट उल्टै छाउगोठ भत्काउनु हुदैन भनि अभियानलाई असहयोग हुनु र जनप्रतिनिधिलाई जातीय गालीगलौज गर्नु दुर्भाग्य हो भनिन् ।

उनले पक्राउ परेका शिक्षक धामीलाई कडा भन्दा कडा कानूनी कार्वाही नभए छाउपडी र जातीय विभेद जस्ता कुरीति र कूप्रथा अन्त्य गर्ने सरकारको रणनीतिमा असर पर्ने बताइन् ।

अछाममा शिक्षक धामीलाई पक्राउ गर्न नदिनका लागि नेपाली कांग्रेसका केही नेताहरु खुलेर लागेका थिए । अहिले पनि उनी विरुद्धको मुद्दा कमजोर बनाउन कांग्रेस नेताहरुको प्रयास जारी रहेको बताइएको छ ।

छाउगोठ भत्काउने क्रममा अवरोध गर्ने शिक्षकविरुद्ध उजुरी

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: