प्रहरीमाथि आक्रमण गर्ने महिला पक्राउ


प्रकाशित मिति :2020-02-02 15:00:29

–महिला खबर–

अछाम । प्रहरीमाथि आक्रमण गर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बान्नीगढी जयगढ गाउँपालिका–३ धारासैन टोलमा शनिबार छाउगोठ भत्काउन गएको प्रहरी टोलीमाथि आक्रमण गर्ने स्थानीय धना साउदलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

साउदको प्रहारबाट प्रहरी हवल्दार धनबहादुर कैलाको मेरुदण्डमा चोट लागेको छ । आक्रमणबाट घाइते हवल्दार कैलालाई स्थानीय स्वास्थ चौकीमा उपचारपछि प्रहरी चौकी जयगढ पठाइएको छ ।

साउदलाई शनिबार नै नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए । महिलामाथि सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ ।

अछाम प्रहरीले हालसम्म अछाममा चार हजार ७ सय भन्दा बढी छाउगोठ भत्काइसकेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: