संचालनको तेस्रो दिनमै बर्थिङ सेन्टरमा ताला


प्रकाशित मिति :2020-02-02 15:20:28

बझाङ । बर्थिङ सेन्टरलाई जग्गा दान गर्ने व्यक्तिले आफ्नो मान्छेलाई कर्मचारी नराखेको भन्दै ताला लगाएपछि समस्या भएको छ । बझाङको खप्तडछान्ना गाउँपालिका– ६ को बयाना र बडाकोट गाउँका लागी निर्माण गरिएको बर्थिङ सेन्टरमा संचालनको तेस्रो दिनबाटै ताला लागेपछि गर्भवती महिलाहरूलाई समस्या भएको हो ।

जग्गादान गरेका झुरु थापाले आफ्नो मान्छेलाई बर्थिङ सेन्टरमा कर्मचारी (कार्यालय सहयोगी) नराखेको भन्दै संचालन भएको तेस्रो दिनबाट बर्थिङ सेन्टरमा ताला लगाएका हुन् । बर्थिङ सेन्टर तीन महिनादेखि बन्द छ ।

जग्गा दान गरेका झुरु थापाले जग्गादान गर्दा कार्यालय सहयोगीसम्म भए पनि आफ्नो एक जना कर्मचारी राख्ने सहमती भएको बताए । तर बर्थिङ सेन्टर निर्माण भएर संचालनमा आउँदा आफू र आफ्ना कोही पनि मान्छेलाई कर्मचारी नराखेको र कर्मचारी राख्दा जानकारीसम्म नगरेपछि बर्थिङ सेन्टरमा ताला लगाएको बताए ।

यता गाउँपालिका अध्यक्ष बर्कबहादुर रोकायाले भने कार्यालय सहयोगी तथा सुईपर राख्दा ७ दिने सार्वजजिक सूचना गरेको र निष्पक्ष तरीकाले कर्मचारी राखेको बताए । आफूले कर्मचारी राख्ने सहमती नगरेको र त्यो सहमतीबारे आफूलाई जानकारी नभएको उनले बताए ।

तत्कालिन पाटादेबल गाविसबाट २ लाख ३१ हजार र गाउँपालिकाको १० लाखको लागतमा निर्माण गरिएको बर्थिङ सेन्टर उद्घाटन र औषधि खरिदगरी संचालनमा आएको तेस्रो दिनदेखि थापाले ताला लगाएका कारण बन्द रहेको महिला सदस्य कृष्णादेवि थापाले बताइन् ।
बर्थिङ सेन्टर बन्द भएपछि गाउँका गर्भवती र सुत्केरी महिलाहरूलाई समस्या भएको उनले बताइन् । बर्थिङ सेन्टर निर्माण भइसकेपछि ३÷४ जना गर्भवती महिलाहरूले बिचबाटोमै शिशु जन्माएको थापाले बताइन् ।

बयानामा झण्डै १ सय ४० र बडाकोटमा ७५ परिवारको बसोबास छ । बर्थिङ सेन्टरका लागी राखेको औषधि काम नलाग्ने अवस्थामा पुगेको छ भने बर्थिङ सेन्टरका झ्यालहरू फुटालिएका छन् ।

गाउँमा बर्थिङ सेन्टर बनेपछि स्थानीयहरू निकै खुसी बनेका थिए । दुवै गाउँको पायक पर्ने ठाउँ कोटीखेतमा बर्थिङ सेन्टर छ । दुवैै गाउँबाट बर्थिङ सेन्टर पुग्न १० मिनेट मात्रै लाग्ने गरेको भए पनि बर्थिङ सेन्टर बन्द भएपछि अहिले स्थानीयले २÷३ घण्टा हिँडेर पाटादेबल पुग्नुपर्ने बाध्यता छ । डीबी विष्ट/दिनेश खबर

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार छौँ । आफू जलेर आफ्ना चाहाना, खुशीहरुलाई

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: