बलात्कार आरोपमा पक्राउ


प्रकाशित मिति :2020-02-02 15:28:56

ललितपुर । ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका–१ बस्ने १९ वर्षीय ऐन बहादुर बुढालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यस्तै चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनुषा जिल्ला जनकपुर घर भई हाल गौर नपा—१ बस्ने ६० वर्षीया रामकिशोर मिश्रलाई माघ १७ गते गिरफ्तार गरेको छ ।

बालिकालाई माघ १६ गते राती ८ः०० बजे पीडितको घर नजिकैको खेतमा लगी आरोपीत मिश्रले ललाइफकाई चकलेट दिने प्रलोभन देखाएर बलात्कार गरेको पीडित परिवारको आरोप छ । पीडित बालिकाकी आमाले जिल्ला प्रहरी कार्यालय रौतहटमा घटनाका आरोपित मिश्र विरुद्ध माघ १७ गते उजुरी दर्ता गराएकी थिइन् ।

बालिकालाई अत्यधिक रक्तश्राव भएपछि घटना सार्वजनिक भएको हो । बालिकाको बयानकै आधारमा आरोपित मिश्रलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नविन कार्कीले बताए ।

पीडित बालिकाको जिल्ला अस्पताल गौरमा माघ १७ गते स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: