तेस्रोलिङ्गी अजिताको हत्या आरोपमा पाँच पक्राउ


प्रकाशित मिति :2020-02-04 14:59:13

–महिला खबर–

ललितपुर । हत्या भएको १८ दिनपछि मकवानपुर प्रहरीले तेस्रोलिङ्गी अजिता भुजेलको हत्यामा संलग्न रहेको पाँचजना आरोपितलाई सार्वजनिक गरेको छ ।

मकवानपुरको क्याम्पाडाडाँमा यही माघ ४ गते बिहान तेस्रोलिंगी भुजेलको शव अर्धनग्न अवस्थामा फेला परेको थियो ।

आज प्रहरीले भुजेलको हत्यामा संलग्न पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिकाकी २० वर्षीया एलिसा पाख्रिन, २४ वर्षीय आशिष बल, २१ वर्षीय बुद्ध लामा, १८ वर्षीय सिमोन परियार र २५ वर्षीय शुसिल थापा मगर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनकुमार कुर्मीले जानकारी दिए ।

उनीहरूले थानाभञ्याङमा ना ६ ख ६५२७ नम्बरको ट्रकभित्र भुजेलको हत्या गरेर क्याम्पाडाँडामा लगेर फालेको अनुसन्धानबाट खुलेको छ ।
कुर्मीका अनुसार सात हजार रुपैयाँ दिने सहमतिमा यौनसम्पर्क राखे पनि पछि पैसाको निहुँमा विवाद उत्पन्न भएको थियो ।

विवाद बढ्दै गएपछि उनीहरूले अजितालाई ट्रकभित्र बिजुलीको तारले घाँटी अठ्याएर हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

हत्यापछि अजिताको मोबाइल परियारले बुद्ध लामाको साथी आशिषलाई दिएका थिए । आशिषले आफ्नी श्रीमती एलिसालाई दिएका थिए । सोही मोबाईल अन भएपछि मोबाइल लोकेशनको आधारमा प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको हो ।

महानगरीय प्रहरी महाशाखा टेकु र मकवानपुर प्रहरीको टोलीको अनुसन्धानबाट अभियुक्तलाई पक्राउ गरेको प्रहरीको भनाइ छ । प्रहरीले उनीहरुलाई कर्तव्य ज्यान सम्बन्धि मुद्दा अघि बढाएको जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: