‘सुरक्षित बेटी अभियान’ शुरू


प्रकाशित मिति :2020-02-04 15:17:35

धनुषा । प्रदेश २ सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ २० गतेदेखि ‘सुरक्षित बेटी अभियान’ शुरू गरेको छ । “महिला हिंसाविरुद्ध शून्य सहनशिलता, सुरक्षित बेटी हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ शुरु गरिएको अभियानको प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले उद्घाटन गरे ।

आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवका अनुसार सुरक्षित बेटी अभियानले महिला हिंसाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण, विभेद र दुव्र्यवहारविरुद्ध शून्य सहनशिलताको नीति अवलम्बन गर्नेछ ।

मन्त्री यादवले यस अभियानले महिलाको व्यक्तिगत विकास, सशक्तिकरण र प्रगतिको मुख्य बाधक रहेको महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्य गर्न, मानव अधिकारको संरक्षण र प्रवद्र्धन गर्न, लैङ्गिक विभेदरहित मर्यादित, न्यायपूर्ण, सुरक्षित, समतामूलक सभ्य समाजको स्थापनाका लागि पहल गर्नेछ ।

सुरक्षित बेटी अभियानको क्रममा प्रदेशस्तरमा एक संयोजक र जिल्लाहरूमा सामाजिक परिचालक खटाएर महिला हिंसाविरुद्धको घटना न्यूनीकरणका लागि सहजिकरण गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ ।

सुरक्षित बेटी अभियानको आरम्भ गर्दै मुख्यमन्त्री लालबावु राउतले समाजको संकुचित सोच र बनोट बदल्न जरुरी रहेको बताए । “हामीले घरमा छोरी जन्मिए घरको बोझ ठान्दै दुःखी हुने गरेकाले यस्ता संस्कारलाई त्याग्नुपर्ने आवश्यकता छ । समाजमा व्याप्त यस्ता कुरीतिलाई आफ्नै घरबाट त्याग्नु पर्छ” उनले भने ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोजसिंह कुशवाहाले आर्थिक वर्ष २०७६र०७७ लाई लैङ्गिक हिंसाविरुद्धको अभियानको रुपमा राखिएकोले गर्दा पनि प्रदेश २ सरकारले सुरक्षित बेटी अभियानको थालनी गरेको बताए ।

कार्यक्रममा प्रदेश २ का आन्तरिक मामिला तथा कानूनमन्त्री यादवले प्रदेश २ सरकारलाई अब महिला हिंसा सहनीय नहुने बताए ।

समाजमा महिलाहरूमाथि निकै विभेद हुँदै आएकाले गर्दा अब देशकै ५० प्रतिशत हिंसा ओगटेका महिलाहरूको सम्मान स्वरुप प्रदेश २ सरकारले गर्ने पदपूर्तिमा ५० प्रतिशत महिलाको सिट आरक्षण गरिएको कानूनमन्त्री यादवले बताए । विभेदरहित समतामूलक समाज निमार्णका लागि सुरक्षित बेटी अभियानको आरम्भ गरिएको उनको भनाई थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: