न्यायका लागि अनशनरत गंगामाया पुगिन् संयुक्त राष्ट्रसंघको मुख्यालय


प्रकाशित मिति :2020-02-04 16:04:05

कमला पन्थी/महिला खबर

ललितपुर । अनशनरत गंगामाया अधिकारीले नेपालस्थित संयुक्त राष्ट्रसंघको मुख्यालय पुल्चोक पुगेर न्यायका लागि सहयोग गर्न आग्रह गरेकी छन् । नौं वर्षदेखि न्यायको लागि अनशनरत अधिकारी सरकारले बेवास्ता गरेको भन्दै संयुक्त राष्ट्रसंघको ढोका घच्घच्याउन पुगेकी हुन् ।

अनशनरत अधिकारीले आज (मंगलबार) नेपालस्थित संयुक्त राष्ट्रसंघका आवासीय प्रतिनिधि जुलियाण्ड भ्यालेरीसँग भेट गर्दै राज्यले आफू र आफ्नो परिवारलाई न्याय दिन नसकेको गुनासो गरिन् । नौं नौं वर्षसम्म न्यायका लागि अनशन बस्दासमेत न्याय नपाएपछि निकै दुःखी अधिकारीले आफूमाथि राज्यले गरेको अन्यायलाई अन्तर्राष्ट्रियकरण गरिदिन आग्रह समेत गरिन् ।

संयुक्त राष्ट्रसंघका लागि नेपालस्थित आवासीय प्रतिनिधि जुलियाण्डले अधिकारीले न्याय पाउन नसकेको बिषयमा जानकार रहेको बताइन् । उनले अधिकारीको मागको सम्बन्धमा नेपाल सरकारको ध्यानाकर्षण गराउने भन्दै नेपाल सरकारले संक्रमणकालीन न्याय प्रक्रिया नै परिमार्जन गरी पीडितलाई न्याय दिलाउनुपर्नेमा जोड दिईन् ।

नेपालको संक्रमणकालीन न्यायको प्रक्रिया विश्वसनीय ढंगले अगाडि नबढेको उल्लेख गर्दै संक्रमणकालीन न्यायको विषय संयुक्त राष्ट्रसंघको विश्वव्यापी आवाधिक समिक्षामा पनि उठ्ने जानकारी दिंदै प्रक्रिया परिमार्जन गर्नुपर्ने आवश्यकतामा जोड दिइन् ।

विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौतामा हस्ताक्षर गरेको कारणले पनि त्यसको परिपालन कार्यान्वयन गरे नगरेको कुराको निरीक्षण संयुक्त राष्ट्रसंघले गर्ने जुलियाण्डको भनाइ छ ।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को १३२५ र १८२० को कार्यान्वयन गर्न सरकारलाई दबाब दिने उद्देश्यले राष्ट्रिय कार्ययोजना बनाएर काम गरिरहेको पनि जुलियाण्डले बताइन् ।

जुलियाण्डसँगको भेटपछि पत्रकारसंग कुरा गर्दै अधिकारीले सरकारले आफूलाई न्याय नदिएसम्म लडिरहने बताइन् । उनले नौं वर्षसम्म पनि आफूलाई सरकारले न्यायका नदिएकोमा निकै असन्तुष्टी जनाइन् ।

सरकारले केही संचार माध्यममा गंगामायाले पैसा मागिन् भनेर आफ्नो गलत प्रसार गरेकोप्रति असन्तुष्टि जनाउँदै अधिकारीले आफूलाई पैंसा नभई न्याय चाहिएको बताइन् ।

तात्कालीन सशस्त्र द्वन्द्वका बेला २०६१ साल जेठ २४ मा विद्रोही माओवादीबाट हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग राख्दै गंगामाया र उनका श्रीमान् नन्दप्रसाद अधिकारी अनशन बसेका थिए । अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको २०७१ असोजमा निधन भएको थियो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: