महिलाको विश्वव्यापी हडतालबारे छलफल


प्रकाशित मिति :2020-02-05 12:29:04

–महिला खबर–

ललितपुर । अन्तराष्ट्रिय श्रमिक महिला दिवस, २०२० को उपलक्ष्यमा विश्वभरी नै मनाउन गईरहेको ‘महिलाको विश्वव्यापी हडताल’ बारे छलफल गरिएको छ । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालले मंगलबार काठमाडौंमा कार्यक्रम आयोजना गरि ‘महिलाको विश्वव्यापी हडताल’ नेपालमा कसरी अघि बढाउन सकिन्छ ? भन्ने विषयमा छलफल गरेको हो ।

बैठकलाई सम्बोधन गर्दै महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालका अध्यक्ष डा. रेणु अधिकारीले यो अभियान महिलाहरूले आफ्नो जीवनलाई जोखिममा राख्दै आफ्नो मानवअधिकार र मौलिक स्वतन्त्रताका लागि आवाज उठाएको र विरोध गरेको दिवसको सम्झना गर्ने अवसर भएको बताइन् ।

डा. अधिकारका अनुसार महिलाको विश्वव्यापी हडताल अभियानलाई नवउदारवादी अर्थ नितीको विरोध गर्ने महिलाहरूको समूहले अगाडि बढाएका छन् । यसलाई महिलावादी आन्दोलनलाई थप बलियो बनाउनको लागि एक अभियानको रुपमा पनि लिन सकिने छ ।

अभियानलाई संसारभर धेरै ठाउँमा धेरै संस्थाहरूले यसलाई संयोजन गरेर लगेका छन् । एशिया प्रशान्तमा कानून र विकासका लागि एसिया प्रशान्त फोरम (ए. पी. डब्लु. एल. डी.) ले संयोजन गरिरहेको छ । त्यसैगरी नेपालमा यो हड्तालको संयोजन महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जाल एवं राष्ट्रिय आदिवासी– जनजाति महिला महासंघद्वारा गरिएको पनि डा. अधिकारीले प्रष्ट्याइन् ।

वर्तमान अवस्थामा महिला आन्दोलन परियोजनामुखी भएको कुरामा खेद जनाउँदै डा. अधिकारीले महिलाको मुद्दा भनेको राजनैतिक मुद्दा हो, त्यो मुद्दालाई संसार भरी नै उठाई महिला आन्दोलनलाई फेरि रणनैतिक बनाउनुपर्नेमा जोड दिइन् ।

छलफलमा यो कुरालाई उठान गर्न र महिलाको संघर्षको मुल्याङ्कन, महिलाको श्रमलाई पुनस्र्थापना गर्दै महिला आन्दोलनलाई अझै बलियो बनाउन ८ मार्च निकै उपयुक्त दिन हुन्छ भन्ने कुरा ठहर गरेर संसारभरी महिलाको विश्वव्यापि हडतालको परिकल्पना गरिएको बारे पनि समिक्षा गरियो ।

८ मार्च २०२० को अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा ‘महिला रोकिए संसार रोकिन्छ ’भन्ने मूल नाराका साथ महिलाको विश्वव्यापी हडताल हुन गईरहेको डा. अधिकारीले महिला खबरलाई जानकारी दिइन् ।

छलफलमा सहभागी सबै संघसंस्था र महिला अधिकारकर्मीहरूले यो अभियानलाई नेपालमा देशव्यापी रुपमा कसरी अगाडि लैजान सकिन्छ भन्ने बारे चासो राखेका थिए । सहभागीहरूले यो अभियानमा आफ्नो पूर्ण ऐक्यबद्धता रहने प्रतिवद्धतासमेत गरेका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: