आज पृथ्वी फकिँदै क्रिस्टीना कोच


प्रकाशित मिति :2020-02-06 15:57:00

एजेन्सी । अन्तरिक्षमा सबैभन्दा लामो सयम व्यतित गरेर अमेरिकी अन्तरिक्ष यात्री क्रिस्टीना कोच आज पृथ्वीमा फर्किँदैछिन् । उनले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा ३२८ दिन व्यतित गरेकी थिइन् ।

उनले अन्तरिक्ष स्टेशनमा गरिएको विभिन्न प्रयोग र मिशनलाई पूरा गर्न पृथ्वीमा फर्किँदै छिन् । उनीभन्दा पहिले अन्तरिक्षमा कुनै पनि महिलाले यति लामो समय अन्तरिक्षमा विताएका थिएनन् ।

पछिल्लो रेकर्डका अनुसार अमेरिकी अन्तरिक्ष यात्री पेगी विटसनले २०१६–१७ मा स्टेशन कमान्डरको रुपमा २८८ दिनसम्म अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेकी थिइन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार उक्त मिशनमा चन्द्रमा र मंगल मिशनको लागि महत्त्वपूर्ण डाटाहरु संकलन गर्न सफलता मिलेको थियो ।

कोचसँग युरोपेली अन्तरिक्ष एजेन्सीकी अन्तरिक्ष यात्री लूका परमितानो र रुसका अन्तरिक्ष यात्री एलेक्जेन्डर स्क्वोत्सरेव पनि सहभागी थिए । यो कोचको पहिलो अन्तरिक्ष मिथन थियो । उनी लगातार लामो समयसम्म अन्तरिक्षमा बस्ने पहिलो महिला बनेकीछिन् ।

अन्तरिक्षमा ३२८ दिन आफ्नो प्रवासको दौरान कोचले ५,२४८ चक्कर लगाएर १३.९ करोड किलोमिटर यात्रा गरेकी छिन् । यो २९१ पटक चन्द्रमामा पुगेर फर्किने दूरी हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: