बडीमालिकाको वडा नम्बर ९ छाउगोठमुक्त हुँदै


प्रकाशित मिति :2020-02-10 11:27:45

बाजुरा । जिल्लाको बडीमालिका नगरपालिका वडा नं ९ आउँदो फागुन ३ गते छाउगोठमुक्त वडा घोषणा हुने भएको छ ।

वडाभित्रका महिलाहरू छाउ (महिनावारी) भएको बेला परिवारसंगै घरभित्र सुरक्षित बस्न थालेपछि वडालाई छाउगोठमुक्त वडा घोषणा गर्ने तयारी गरिएको वडा अध्यक्ष विनोद कुमार विकले जानकारी दिए ।

शुक्रबार बडीमालिका ९ मा भएको सर्वपक्षीय बैठकले वडाभित्रका महिनावारी हुने महिला र छाउगोठको अवस्था अध्ययनका लागि ३ वटा अनुगमन टोली खटाउने निर्णयसमेत गरेको छ । जसमा वडाभित्र रहेका चौराटा, उखाडी र बडुवालबाडामा बडीमालिका नगरपालिकाकी नगरप्रमुखको संयोजकत्वमा वडा अध्यक्ष विनोद कुमार विक, गिफ्ट बाजुराका प्रवन्धक कृष्ण अधिकारी, नागरिक रैबारका कार्यकारी सम्पादक मदन वि.क., रेडियो बाजुराका रमित विक र दुईजना प्रहरीले अनुगमन गर्ने भएका छन् ।

बाउली, रतुडा र झराउले बस्तीका लागि वडा सदस्य लालबहादुर नेपालीको संयोजकत्वमा सहास नेपालका परियोजना अधिकृत देसिन्द्र राई, रेडियो बार्जुका नन्दा थापा, रेडियो पौरखीका रामबहादुर विक र दुईजना प्रहरी अनुगनममा जाने भएका छन् ।

त्यस्तै वडा नं. ९ को बजार क्षेत्रमा वडा सदस्यको संयोजकत्वमा रासस प्रतिनिधि प्रेम रौले, नजिक न्युजका प्रमित विक, गैसस बाजुरा अध्यक्ष अग्नि शाही र दुईजना प्रहरी खटाईने बडीमालिका नगरपालिका ९ ले जनाएको छ ।

बडीमालिका नगरपालिका भित्रका ९ मध्ये ४ वडाहरु यस अघि नै छाउगोठ मुक्त घोषणा भईसकेका छन् भने बाँकी ५ वटा वडा यसै वषैभित्र छाउगोठमुक्त वडा घोषणा गर्ने तयारी भईरहेको बडीमालिका नगरपालिकाले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: