हिँडिरहन्छु निरन्तर…


प्रकाशित मिति :2020-02-10 12:09:50

सबै अवरोध
बाधा अड्काउ फुकाउँदै
हिँड्छु निरन्तर
टेक्दै तिनलाई बहादुरीका साथ
अगाडि बढ्न थाल्यो
फेरि उही शैलीमा प्रस्तुत हुन्छ
पितृसत्तात्मक सोच संस्थागत रूपमा ।

आफ्नो बाटोमा तगारो बनी
सिंगो समाजको बाटो छेक्न
बाधक भन्नेहरूको पनि
बाटो छेकिरहेको छ भनी नबुझ्नेहरु
त्यो राजतन्त्र भन्दा पनि
बलियो यो पितृसत्तात्मक संस्था
समाजमा चिच्याउँदै छेकिरहेको छ बाटो हाम्रो उही शैलीमा ।

डा. शिवमाया तुम्वाहाङ्फे

तर परिवर्तनशील समाज
समतामूलक समाजको
सुन्दर तस्वीर आफ्नो
हातमा नै छ
सबै पर्खाल हटाउन
सबै अवरोध
बाधा अड्काउ फुकाउँदै
हिँडिरहन्छु निरन्तर… निरन्तर… ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: