किशोरी एक महिनादेखि बेपत्ता


प्रकाशित मिति :2020-02-11 11:40:24

–महिला खबर–

ललितपुर । बागलुङको गलकोट नगरपालिका–३ हटियाकी १६ वर्षीया किशोरी अञ्जु सुनार एक महिनादेखि बेपत्ता छिन् । गत पुस २९ गते साँझ सदरमुकाम बागलुङबजारको कोठाबाट निस्केकी सुनार नफर्केपछि परिवारजन पीडामा छन् ।

आमासँगै सदरमुकाम बसेर कालिका कन्या मन्दिर माविमा पढिरहेकी अञ्जुका आफन्तजनले सोमबार पत्रकार सम्मेलन गरि उनको खोजीमा सघाउन सबैमा आग्रह गरेका छन् । अञ्जु पुस २९ गते साँझ ६ः३० सम्म आफूसँगै रहेको र त्यसपछि कता गई, अहिलेसम्म सम्पर्कमा नआएको आमा मनकुमारीले बताइन् ।

सोही दिन रातिदेखि नै परिवारजनले किशोरीको खोजी सुरु गरेका थिए । हराएको चार दिनपछि प्रहरीमा निवेदन दिएको आमा मनकुमारीले बताइन् ।

प्रहरीले पनि खोजीकार्य तीव्र पारेको छ । अञ्जुले पढ्ने ९ कक्षाका विद्यार्थीसँग सोधपुछ गर्दा कक्षा ११ मा पढ्ने अनिल थापासँग उनको प्रेम सम्बन्ध रहेको पाइएको छ ।

बागलुङ नगरपालिका–११ रायडाँडाका थापा पनि करिब महिना दिनदेखि बेपत्ता छन् । उनको परिवारले पनि हराएको भनी प्रहरीमा निवेदन दिएको छ ।

दुवै परिवारले एक अर्काप्रति आशंका गरेका छन् । दुवै जना सँगै रहेको या भागेर कतै गएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुवै परिवारको निवेदनका आधारमा खोजीकार्य जारी रहेको प्रहरीको भनाइ छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: