सुजङ्ग अस्पतालमा महिला विशेषज्ञ सेवा शुरू


प्रकाशित मिति :2020-02-11 12:08:56

डोटी । डोटीको सुजङ्ग अस्पतालले नयाँ व्यवस्थापनका साथ सोमबारबाट गाइनो सेवा (महिला विशेषज्ञ सेवा) सुरु गरेको छ ।

पहाडी जिल्लाका महिलाहरूमा पाठेघर र स्तन सम्बन्धि बढी सम्स्या देखिने भएकाले अस्पतालले गाइनो सेवा सुरु गरेको अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश जोशीले बताए । उनले व्यवसायीक लाभभन्दा सेवाभावलाई मध्यनजर गरी अस्पतालमा थप सेवा सुचारु गरेको बताए ।

अस्पतालले सेवा सुरु गरेको पहिलो दिनमै ८५ जना महिला बिरामीले सेवा लिएका छन् । जसमा आर्थिक अवस्था कमजोर भएका १० जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।

अन्य सबै बिरामीहरूलाई सेवा सुरु गरिएको अवसरमा २० प्रतिशत प्रयोगशाला र १० प्रतिशत औषधिमा छुट गरिएको अस्पतालले जनाएको छ । सेवा लिन आएका बिरामीहरू मध्य ९ जनालाई शल्यक्रियाका लागि १५ दिन पछि आउँन भनिएको छ ।

महिला विशेषज्ञ सेवा सुरु गरे संगै सुजङ्ग अस्पताल पहाडी जिल्लामा गाइनो सेवा प्रदान गर्ने एक मात्र अस्पताल बनेको छ । यस अघि शिविरको भरमा औषधि उपचार गर्ने यहाँका महिला बिरामीहरूले तराइ तथा भारतका अस्पतालहरूमा गएर उपचार गर्नुपर्ने बाध्यता रहेको थियो ।

अबका दिनहरूमा बिरामीको औषधि उपचार, परामर्श संगै शल्यक्रिया समेत सुजङ्ग अस्पतालमै गर्ने व्यवस्था मिलाइने अस्पतालका प्रशासकिय प्रमुख अर्जुन बलायरले बताए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: