सांसद सुवेदीले भनिन्, ‘ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाका पाना च्यात्नु पर्छ’


प्रकाशित मिति :2020-02-11 15:25:10

–महिला खबर–

ललितपुर । नेकपाकी सांसद यशोदा सुवेदी गुरुङले धार्मिक अन्धविश्वासलाई मलजल गर्ने ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाका पाना च्यात्न सरकारको ध्यानाकर्षण गराएकी छन् । ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाले छाउ प्रथा जस्ता धार्मिक अन्धविश्वासलाई जोगाइराखेको भन्दै सांसद सुवेदीले ऋषी पञ्चमी र स्वस्थानी व्रत कथाका पाना च्यात्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

आज मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सुवेदीले स्वस्थानी र ऋषी पञ्चमी ब्रत कथाले छाउ प्रथालाई मजबुद बनाइराखेको जीकिर गरिन् ।

सांसद, यशोदा सुवेदी गुरुङ

छाउ प्रथाजस्तो कुरीति र कुसंस्कार भत्काउन नेपाल सरकार, गृह मन्त्रालयले थालेको छाउगोठ भत्काउने काम स्वागतयोग्य भएको बताउँदै सांसद सुवेदीले भनिन्, ‘बारीका ढिकमा भएका छाउगोठ भत्काएरमात्रै के गर्नु ? के गाउँ, के शहर, के पूर्व, के पश्चिम सबैतिर कुनै न कुनै रुपमा छाउ प्रथा कायमै छ । मान्छेका मन मस्तिष्कबाट छाउगोठ भत्काउन सरकार, राजनीतिक दल, नागरिक समाज सबैको संयुक्त प्रयास जरुरी छ । जसले छाउसंग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन सकोस् ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

बैठकमा महिला सहभागिता नभएकोमा चिन्ता

-महिला खबर- गैर आवासीय नेपाली संघले अमेरिका क्षेत्रको क्षेत्रीय बैठकमा महिलाको सहभागिता हुन नसकेको विषयप्रति ध्यानाकर्षण

खाद्यान्न सहयोग

अछामको मंगलसेन नगरपालिकाका दुई वडामा ६० जना विपन्न एकल महिलालाई अछाम जेसिजले खाद्यान्न सहयोग गरेको

सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार नियमावली स्वीकृत

काठमाडौँ । सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५ लागु भएको तीन वर्षपछि नियमावली

उद्यमी महिलालाई अनलाइन बजारीकरण र ऋणमा समस्या

-महिला खबर- कोभिड-१९ को असरका कारण ऋण चुक्ता गर्न नसकेको र कर्मचारीलाई तलव दिन समस्या भएको

लेखनवृत्ति र मिडियामा ऋणको आवश्यकता

-महिला खबर- कोभिड-१९ को महामारीमा महिलाको पाटो ओझेलमा परेको र अझ पत्रकार महिलाको विषयमा अनुसन्धान नै

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: