महिला सशक्तीकरणका लागि गाउँ केन्द्रित कार्यक्रम गर्न सुझाव


प्रकाशित मिति :2020-02-12 13:14:07

–महिला खबर–

ललितपुर । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेपालको संविधानले महिलाको सहभागिता सम्बन्धमा महत्वपूर्ण व्यवस्था गरेको भन्दै गाउँ केन्द्रित कार्यक्रम गर्न सुझाव दिएका छन् ।

राष्ट्रिय सूचना आयोगले आयोजना गरेको ‘महिला सशक्तीकरण सम्बन्धमा सूचनाको हकसम्बन्धी कार्यशाला गोष्ठी’ लाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले महिला सशक्तीकरणका कार्यक्रमहरु अब काठमाडौँमा मात्र नभई दूरदराजमा पनि आयोजना गर्नुपर्ने बताए ।

सूचनाको हकसम्बन्धी कुरा गर्दा हरेक नागरिकले आफ्नो कर्तव्यबारे पनि ख्याल गर्नुपर्ने मन्त्री बाँस्कोटाको भनाइ थियो ।

प्रतिनिधि सभा विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले महिलाका लागि सूचनाको हक महत्वपूर्ण हुने बताइन् ।
नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेलले सूचनाको हकले लोकतन्त्रमा विचार अभिव्यक्तिमा महत्वपूर्ण कार्य गर्ने धारणा व्यक्त गरे ।

आयोगका प्रमुख सूचना महेन्द्रमान गुरुङ्गले आयोगका आगामी कार्यलाई प्रभावकारी बनाउन रणनैतिक रुपमा अगाडि बढ्न खोजिएकोले सबैसँग सहकार्य गर्दै आयोग अघि बढेमात्र सुशासन कायम गर्न महत्वपूर्ण योगदान पु¥याउन सक्ने बताए ।

कार्यपत्र प्रस्तुत गर्दै आयोगका आयुक्त कमला ओलीले सूचनाको हक सम्बन्धी कानूनी व्यवस्थाका बारेमा व्याख्या गर्दै सूचनाको हकले महिला सशक्तीकरणमा पु¥याउने योगदानका बारेमा जानकारी दिइन् ।

निजामती किताबखानाका महानिर्देशिक गीता कुमारी होमेगाईले महिला सहभागिता बारेमा प्रस्तुतीकरण राख्दै सूचनाको हकका बारेमा महत्वपूर्ण जानकारी दिइन् ।

आयोगका आयुक्त रत्नप्रसाद मैनालीले सूचनाको अधिकारबारे केही अन्तर्राष्ट्रिय घटना र आयोगले आगामी दिनमा गर्न खोजेका कार्यक्रमका बारेमा जानकारी दिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

थाहा थिएन

-अनिता महर्जन- थाहा थिएन आमा पराइ घरको जिवन शैली सोचेको थिएँ आफ्नै जस्तै हुन्छ कि भनेर

नारी सहास र सृजनाको स्रोत

-अञ्जना दास परियार- परोपकारी मन, भावना र कार्यले सुनौलो विश्व-इतिहास रच्न सफल मदर टेरेसा नारी तिनी ।

अधिकारीले दायर गरेको रिटमा सर्वोच्चको कारण देखाउ आदेश

-महिला खबर- ललितपुर । गोरखापत्र संस्थानको प्रधान सम्पादक नियुक्तिका विषयमा परेको रिट निवेदनमा सर्वोच्च अदालतले कारण

समाज सेवा र हाम्रो परिवेश

-हिरा दाहाल- बर्दियाकि बहिनी भात खान नपाएर देह त्याग गर्न विवश देशमा समाज सेवा गर्छु भन्न पनि लाज

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: